सुनसरी: आफ्नै अनुयायी महिलामाथि बलात्कार गरेको गम्भीर अभियोग लागेका सिद्धबाबा भनिएका कृष्णदास गिरीको मुद्दा जिल्ला अदालत सुनसरीमा 'हेर्दा हेर्दै'को सुचीमा गएको छ ।

प्रतिवादी अर्थात पीडक गिरी तर्फका वकिलहरुको बहस आइतबार नसकिए पछि भोली सोमबारको लागि यो मुद्दा हेर्दा हेर्दैको सुचीमा राखिएको हो । पीडकतर्फका २ जना वकिलको वहस बाँकी भएकोले सोमबार पुनः हुनेछ । आज आइतबार बिहान ११ बजेबाट सुरु भएको थुनछेक बहसमा पीडित महिला तर्फका वकिलहरुले वहस गरिसकेका छन् । गिरीतर्फका वकिलहरुको भने बहस अझै बाँकी नै छ । आज समयअभाव भएको कारण हेर्दा हेर्दैको सुचीमा राखेर बहस भोलीको लागि सारिएको हो ।

आज जिल्ला सरकारी वकिल कार्यालय इनरुवाका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलासहित ८ जनाले पीडित महिलाकोतर्पmबाट वहस गरेका थिए । उनीहरुको बहस सकिएपछि प्रतिवादी गिरी तर्फका वकिलहरुले बहस सुरु गरेका थिए । जवर्जस्ती करणीको अभियोग लागेका कृष्णदासको पक्षबाट ५ जना वकिलहरु छन् । ती मध्ये पनि ३ जनाको बहस आज सकिएको छ ।