धरान : धरानको जल्पादेवी सहकारी संस्थामा शरद्रत्न पार्थिवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

संस्थाको सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । सिद्धि नेवाः परिषद्मा सम्पन्न अधिवेशनले शरद्रत्न पार्थिवको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ । पौष १२ गते शनिवारका दिन सम्पन्न अधिवेशनबाट संस्थाको उपाध्यक्षमा दिलिपकुमार श्रेष्ठ, सदस्यहरुमा मनोहर श्रेष्ठ, सल्मा जोशी, ज्ञानी श्रेष्ठ, ज्योति श्रेष्ठ, अलंकार पलिखे, राजेन्द्र कुमार श्रेष्ठ, सुन्दर श्रेष्ठ चयन भएको छ ।

त्यस्तै लेखा समितिको संयोजकमा कमल कुमार श्रेष्ठ र सदस्यहरुमा भिमकुमार श्रेष्ठ र बाल कुमारी ताम्राकार रहनु भएको छ । जिल्ला सहकारी संघ, सुनसरीका अध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । का.का. सदस्य श्रीमती ईन्दु श्रेष्ठले सभामा रहभागीहरुलाई स्वागत गर्दै संस्थाको हितमा सबै लागेमात्र सहकारी अघि बढ्ने कुरा व्यक्त गरिन् । कार्यक्रममा निवर्तमान अध्यक्ष बिशाल श्रेष्ठले आफ्नो कार्यकाल सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्दै सहकारीको प्रगतिको कामना गरे । २ सय जना शेयर सदस्यहरुको उपस्थिति रहेको सो सभामा २०७६ देखि २०७९ सम्मको लागि नयां कार्यसमितिको चयन भएको निर्वाचन अधिकृत श्री सुरेन्द्र मान स्थापितले बताए । सभाको बन्द सत्रमा लेखा समितिको प्रतिवेदन रामराजा श्रेष्ठ, लेखा परिक्षकको प्रतिवेदन लेखा परिक्षक भरत ताम्राकार र अध्यक्षको प्रतिवेदन बिशाल श्रेष्ठले प्रस्तुत गरे । कार्यक्रमको संचालन गर्ने क्रममा शेयर सदस्य बिद्या कुमारी शाक्य तथा मन्जुला श्रेष्ठले सहकारीको व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउनु पर्ने कुरामा जोड दिए । कार्यक्रममा संस्थापक अध्यक्ष अमृत मानन्धर, संरक्षक राजेशमान श्रेष्ठ तथा निर्वाचन समितिका सदस्य बिद्या कुमार शाक्य लगायत विभिन्न सहकारीका प्रमूखहरुकोे पनि उपस्थिति रहेको थियो ।