मोरङ : रंगेली-विराटनगर सडक खण्डअन्तरर्गत धनपालथान गाउँपालिका ३ को कर्सिया बजारमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ ।

आइतबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को ३८ प १७७ नम्बरको स्कुटरलाई पूर्वतर्फ जाँदै गरेको को १ त ७८४३ नम्बरको ट्याक्टरले ठक्कर दिँदा सुनसरीको दुहबी नगरपालिका २ का १८ वर्षीय रुपेश चौधरी गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा ज्यान गएको हो । स्कुटरमा सवार त्यही ठाउँका चन्द्रप्रसाद चौधरीको उपचार भइरहेको छ ।

ट्र्याक्टर र चालक प्रहरीको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) लेखनाथ दाहालले जानकारी दिए ।