इटहरी: इटहरीको प्रमुख पर्यटकीय गन्तव्य तालतलैया क्षेत्रलाई थप आकर्षक र सुविधायुक्त बनाउने काम सुरु भएकोछ ।

पछिल्लो समय फ्री वाइफाई र प्राथमिक उपचार केन्द्र खोलेसंगै तालतलैया थप आकर्षणको केन्द्र बनेको छ । आकस्मिकरुपमा कुनै दुर्घटना भए पनि थप क्षति व्यहोर्नु नपरोस भनेर यस्तो कार्यक्रम सुरु गरिएको तालतलैया बिकास समितिका सदस्य लोचन पौडेलले बताए । युवापुस्तामा घुम्ने र रमाउने संस्कार बिकास भएकोले त्यसलाई तालतलैया तिर आकर्षीत गर्ने नयाँ योजना ल्याइएको पौडेलले बताए । फ्रि वाईफाई र बोटीङ्ग लगायत सुबिधा थपेपछि युवाहरुको भिड लाग्न थालेको उनको भनाईछ ।

तालतलैया इटहरी चोक देखी करिब ३ किलोमिटर उत्तरमा अवस्थित छ । तालतलैया क्षेत्रमा ढुङ्गामा निमिर्त कलात्मक मुर्तिहरु पनि अर्को आकर्षण हो । तालतलैया अहिले इटहरीको मात्र नभएर पुर्वकै प्रमुख पर्यटकीय क्षेत्र भएको पौडेलको भनाई छ । पर्यटन बर्ष २०२० को लागी पनि बिभीन्न ३ वटा प्रवेश द्धवारमा गेट बनाएर पर्यटन बर्षको प्रचार गरिएको उनले बताए ।

taaltalaiya