इलाम: नेपाल भ्रमण बर्ष २०२० मनाउने तयारीसँगै पर्यटकीय जिल्ला इलाममा होम स्टे(घरबास) थपिने क्रम बढेको छ । होमस्टे संचालनको लागि सरकारबाट सहयोग पाएपछि स्थानियबासीहरु पनि उत्साहित छन् ।

इलाम जिल्लाको विकट मानिने देउमाई नगरपालिकाको सिद्धथुम्का र सन्दकपुर गाउँपालिकाको जमुना क्षेत्रमा पनि होमस्टे संचालनमा आएका छन । प्रदेश सरकारको ७५ प्रतिशत र २५ प्रतिशत स्थानीय सञ्चालकको लागत सहभागीतामा सिद्धिथुम्काको १० घरमा होमस्टे संचालन आएको छ । प्रदेश सरकार तथा पर्यटन बोर्डको सहयोग पाएपछि स्थानीयले होमस्टेमा विभिन्न सेवा तथा सुविधा विस्तार गरेका छन् । होमस्टे शुरु भएपछि पर्यटकहरुको आगमनमा वृद्धि भएको सिद्दिथुम्का होमस्टे संचालक समितिका अध्यक्ष सुकमाया लामाले बताइन् ।

यसअघि जिल्लाको श्रीअन्तु, दोबाटे–चोयाटार क्षेत्र लगायतका स्थानहरुमा होमस्टे दर्ता गरेर सञ्चालनमा रहेको थियो । होमस्टेको सेवाले ग्रामिण तथा स्थानीय स्तरमा स्वरोजगार बन्ने अवसर सृर्जना गरेको छ भने गाउँघरको सुन्दरता समेत बढाएको छ । जिल्लाको पश्चिमी क्षेत्र सिद्धिथुम्का चुलीबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ । पर्यटकीय सम्भावना भएर पनि यो ठाउँमा यसअघि आगन्तुकहरुलाई बास बस्न मुख्य समस्या थियो । होमस्टे संचालनमा आए सँगै बास बस्ने समस्या हल भएको छ । होटलको तुलनामा होमस्टेमा थोरै शुल्कमा बढी सेवा प्रदान गरिने होमस्टे संचालक मणीकुमार खनालले बताए ।

ilam 1

प्रदेश सरकारको अनुदानलाई प्रभावकारी रुपमा उपयोग गर्नका लागी सरकारले जारी गरेको होमस्टे संचालन कार्यविधी अनुसार होमस्टे सन्चालन भएको हो । कतिपय ठाउँमा भने होटल खोल्ने क्रम पनि बढेको छ । सुर्योदयन गरपालिकाको श्रीअन्तु क्षेत्रमा भने बाह्रै महिना आगन्तुकको चाप बढी हुनेगर्छ । जसले गर्दा कार्यविधि अनुसार एउटा घरमा अधिकतम चार वटा कोठा मात्र होमस्टेको रुपमा प्रयोग गर्नुपर्ने, २ वटा खाट मात्र एउटा कोठामा राख्नुपर्ने जस्ता नियमहरु कार्यान्वयमा चुनौती देखिएको छ । यहाँ होम स्टे भन्दा पनि होटलहरुको संख्या वढि छ । होमस्टेमा स्थानिय परिकारलाई पहिलो प्राथमिकतामा राखिएको स्थानिय भोलानाथ गजुरेलको भनाइ छ ।

home-stay'