विर्तामोड: झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नयाँ सञ्चालक समिति चयन भएको छ ।

आगामी चार बर्षको लागि टसबहादुर श्रेष्ठको नेतृत्वमा नौ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन भएको हो । सञ्चालक समितिलाई निर्वाचन समितिका संयोजक एवं बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । सहकारीको उपाध्यक्षमा ईश्वरीप्रसाद खरेल, सचिवमा भुपाल बस्नेत, कोषाध्यक्षमा एकराज विष्ट र सदस्यहरुमा क्रमशः गणेशप्रसाद पराजुली, जानुकादेवी ओली, कुमारीदेवी खड्का, गुञ्जन थापा र निर्मला पाठक चयन भएका छन् ।

त्यस्तै लेखा समितिका संयोजकमा रामकुमार गौतम र सदस्यहरुमा मनकुमार बेघा र निलम प्रधान सर्वसम्मत चयन भएका छन् । समितिका सबै पदाधिकारीहरुलाई प्रमखु अतिथी प्रदेश सांसद ओम सरावगीले प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।