धरान: सेवक अभियान धरानले खोटाङको हलेसी तुवाचुङ नगरपालिका ११ स्थित राजापानी खाम्तेलमा रहेको ९ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

सेवकको टोली हालै पुष ११ गते राजापानी खाम्तेल पुगेर विभिन्न ९ वटा विद्यालयका ५ सय ८३ विद्यार्थीहरुलाई न्यानो वस्त्र(स्वेटर) प्रदान गरेको छ । स्थानीय ज्योति माविमा कार्यक्रम आयोजना गरेर सबै विद्यालयका विद्यार्थीहरुलाई वितरण गरेको उक्त संस्थाले जनाएको छ । ज्योति माविसँगै चम्पावती मावि मानपुर, जलपा प्रावि मापाचुली, कालिका प्रावि वड्का, नवज्योति प्रावि निभारे, जलकन्या प्रावि पुरानो गाउँ, सरस्वती प्रावि साधने, कालिका प्रावि ओखरबोटे र भिमकन्या प्रावि थुम्कीका विद्र्याीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

IMG_8159

टाढा घर भएर कार्यक्रममा आउन नसकेका विद्यार्थीहरुको हकमा भने शिक्षक र अभिभावकलाई जिम्मा लगाइएको थियो । कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद उषाकला राई, वडा अध्यक्ष सन्तोष खत्री, ज्योति माविका प्रअ शम्भुप्रसाद घिमिरेले स्वीटर हस्तान्तरण गरेका थिए । यो सहयोग सोही विद्यालयका पुर्वविद्यार्थी तथा हाल साउदी अरबमा रहेका जिवनकुमार रोका, चित्रकुमार राई र योगराज दंगालको बिशेष सहयोगमा भएको हो । साथै, सेवक अभियानको टोलीले पनि सहयोग गरेकये हो ।

कुल २ लाखको स्वीटर हस्तान्तरण गरिएको सेवक अभियानका अध्यक्ष राजिव हलवाईले जानकारी दिए । कार्यक्रमको लागि सेवक अभियानका ३३ जनाको टोली हलेसी तुवाचुङ गएका थिए । सेवक अभियानले स्वास्थ्यको लागि पदयात्रा नारा दिएर हरेक शनिबार धरानमा पदयात्रा आयोजना गर्ने गरेकोछ । साथै, सरसफाई कार्यक्रम र शैक्षिक संघसंसथाहरुमा विद्यार्थीहरुलाई सहयोग पनि जुटाउदै आइरहेको छ ।

sewak IMG_8180 IMG_8098