झापा: गौरीगञ्ज गाउँपालिका र आसपासका क्षेत्रहरुबाट बैदेशिक रोजगारमा जाने चाहनेहरुलाइ उचित सल्लाह र सुझाब दिन तथा बैदेशिक रोजगारी जीवनलाइ सुरक्षित बनाउन गौरीगञ्ज गाउँपालिकामा सुरक्षित आप्रवासन सूचना केन्द्र खुलेको छ ।

ईलाका प्रशासन कार्यालयसँगै रहेको सूचना केन्द्रको गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापाले रिबन काटेर उद्घाटन गरेका छन् । गौरीगञ्ज गाउँपालिका र सामी सुरक्षित आप्रवासन परियोजनाको साझेदारीमा खुलेको सुचना श्रोत केन्दरको उद्घाटनमा बोल्दै परियोजनाका प्रदेश नँ १ सँयोजक कोपिला दाहालले बैदेशिक रोजगारमा जानेहरुको जीवन सुरक्षित बनाउन तथा उनिहरुले पठाएका रेमिट्यान्सलाइ सहि ठाउँमा सदुपयोग गराउन यो सुचना केन्द्रको स्थापना गरिएको बताए । अर्का साझेदारी सँस्था बिराट सामुदायिक अध्ययन केन्द्रका जिल्ला सँयोजक फडिन्द्र दाहालले सुचना श्रोत केन्द्रबाट बैदेशिक रोजगार सँबन्धी सबै जानकारी तथा ठगिन बाट जोगिने उपाय र रोजगारीको अबधि भर सुरक्षित हुने उपाय सहित केन्द्रले बैदेशिक रोजगारमा जान चाहनेहरुलाइ निशुल्क सीप मुलक तालिम समेत दिने बताए ।

कार्यालयको उदटन पछी बोल्दै गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापाले बैदेशिक रोजगारमा जान चाहनेहरुका लागि सो सुचना केन्द्र मार्ग दर्शकका रुपमा काम गर्ने बिस्वास रहेको कुरा बताए उनले सो सुचना केन्द्रको सँरक्षणका लागि गाउँपालिकाको भुमिका रहने समेत बताए । कार्यक्रममा इलाका प्रसासन कार्यालयका प्रमुख राजु दाहाल तथा इलाका प्रहरी कार्यालयका प्रमुख गणेश भट्टराइले समेत मन्तब्य राखेका थिए ।

गौरीगञ्जको सो सुचना केन्द्रमा रहने गरि ६ जना जनशक्तीको ब्यबस्था गरिएको छ । केन्द्रमा तालिम प्राप्त ५ जना जनशक्तीले केन्द्र बाट र गाउँ गाउँमा फिल्डमै गइ सर्बसाधारणहरुलाइ बैदेशिक रोजगारीको जोखिम तथा सुरक्षित हुने उपायहरु बताउने स्वदेशमै रोजगार गर्न प्रेरित गर्ने बिदेशमा रहदा कुनै सँकट आइ परे कानुनी तथा सामाजिक परामर्श दिने एबम् उनिहरुले पठाएको रेमिट्यान्स को सहि सदुपयोग गर्न परिवारलाइ प्रेरित गर्ने बैदेशिक रोजगारमा जान चाहने अदक्ष जनशक्तीलाइ निशुल्क सीपमुलक तालिम दिने लगायतको सेवा प्रबाह हुने कुरा परियोजनाको सँयोजक दाहालले बताएकी छन् ।

केन्द्रमा मुख्य परामर्श दाताका रुपमा पुजन न्यौपाने रहने छिन भने रेमसट्यान्स का लागि बितिय साक्षरता परामर्श दाताका रुपमा दुर्गा पाण्डे रहने छिन् । त्यसै गरि बैदेशिक रोजगारमा गएकाहरुलाइ मानसीक यातना वा अन्य अप्ठ्याराहरुका लागि उज्वल भण्डारीसँग मनोसामाजिक परामर्श लिन सकिने छ । भने नन्द प्रसाद राजवँशी केशब कटुवाल र केदार पौडेलले फिल्डमा गइ बैदेशिक रोजगारको जोखिम बारे काउन्सेलिङ गर्दै स्वदेश मै रोजगार गर्न प्रेरित गर्नेछन् ।