धरान: अंग्रेजी नयाँ बर्ष मनाउन आउने भारतीय पर्यटकहरुलाई लक्षित गरेर पुर्वको प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा तीन दिने फुड फेस्टिवल शुरु भएको छ ।

आज भेडेटार चोकमा आयोजित एक समारोहबीच फेस्टिवलको उद्घाटन १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईले गरेका छन् । अहिले पनि उद्घाटन समारोह चलिरहेको छ । होटल एशोसिएशन भेडेटारद्धारा आयोजित फेस्टिवल बिहिबार(पुष १७ गते) सम्म आयोजना हुनेछ । भेडेटारलाई सदावहार पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले अंग्रेजी नयाँ बर्षको स्वागतमा फेस्टिवल आयोजना गरिएको एशोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए ।

bhedetar6

फेस्टिवलको लागि भेडेटार चोक,होटल तथा पसलहरु सिंगारेर चिटिक्क बनाइएको छ । मगरको हुर्रा, राई जातिको साकेला लगायत जातीय साँस्कृतिक नृत्यहरु पनि प्रर्दशन भएको छ । हस्तकला, कृषि तथा घरेलु उत्पादनको प्रर्दशनी पनि राखिएको छ । अंग्रजी नयाँ बर्ष मनाउन आउने भारतीय पर्यटकहरुलाई लक्षित गरेर फेस्टिबल आयोजना गरिएको हो । गर्मी याममा भेडेटार पर्यटकहरुको प्रमुख गन्तव्य हो । जाडो याममा पनि पर्यटकहरुलाई आकर्षित गर्न फुड फेस्टिवल आयोजना गरिएको हो ।

भेडेटार आफैमा पनि पयटकीय गन्तव्य हो । यहाँको मुख्य आकर्षकहरु थुप्रै छन् । शैलुङ डाँडामा नवनिर्मित भ्यु टावर छ । यो डाँडालाई चाल्र्स पोइन्ट पनि भनिन्छ । यहाँबाट भडेटार बजारसँगै तराईको मनोरम फाँट र हिमश्रृंखलाको दृष्यपान गर्न सकिन्छ ।

bhedetar-sailung

यस्तै, पाथीभारा देवीको मन्दिर, भेडेटार चोककै शंखेश्वर महादेवको मन्दिर र सँगैको पार्क पनि पर्यटकहरुको लागि आकर्षकको केन्द्र हो । पिकनिक स्पट, नाम्जेस्थित आत्मा घर, थुम्किस्थित सुर्याेदय बौद्ध पार्क, नमस्ते झरना पर्यटकहरु नपुगि नहुने पर्यटकीय गन्तव्य हुन् । यस्तै, ऐतिहासिक साँगुरी गढी, नाम्जेको होम स्टे, ओख्रे भ्यु टावर, डाँडाबजारस्थित ध्वजे डाँडा र अजंगको वरको रुख पनि पर्यटकीय गन्तव्य हुन् ।

bhedetar3 bhedetar bhedetar1 hurra bhedetar4