धरान: मंगलबारदेखि शुरु भएको तीन दिने भेडेटार फुड फेस्टिवलमा फोटो प्रर्दशनी एक प्रमुख आकर्षण भएको छ ।

भेडेटार घुम्न आएका पर्यटकहरुको लागि फोटो प्रर्दशनी प्रमुख आकर्षण भएको हो । आज फुड फेस्टिवलसँगै फोटो प्रर्दशनीको पनि शुरुवात भएको थियो । प्रर्दशनीको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसहित बिशिष्ट अतिथिहरुले पनि अवलोकन गरेका थिए । प्रर्दशनीमा १ नं प्रदेशका पर्यटकीय गन्तव्यहरुको उजागर गर्ने उद्देश्यले ती ठाउँहरुको तस्बिर राखिएको छ ।

फोटो प्रर्दशनी नेपाल फोटो पत्रकार महासंघ सुनसरीको आयोजनामा भएको हो । पहिलो दिन ५ बजेसम्म एक दर्जन फोटोहरु बिक्री भएको महासंघका अध्यक्ष विकास चाम्लिङ राईले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री राईले पनि अवलोकनको क्रममा एउटा फोटो बुक गरेका छन् । ‘मैले खोजेकै फोटो रहेछ, यो मलाई उपलब्ध गराउनुहोला भन्नुभएको छ,’अध्यक्ष राईले भने,‘टिएमजे क्षेत्रमा गुराँस फुलेको फोटो हो, फ्रेम गरेर उहाँलाई दिन्छौं ।’ मुख्यमन्त्री बाहेक पनि थुप्रैले फोटो बुक गरेको उनले बताए ।

photo5

प्रर्दशनीमा करिब एक सय वटा फोटोहरु प्रर्दशनीमा राखिएको छ । सरकारको नेपाल भ्रमण बर्ष २०२० को अभियानलाई साथ दिने उद्देश्यले प्रर्दशनी गरिएको हो । फुड फेस्टिवलमा ३ दिनसम्मै प्रर्दशनी राखिने र पुष १८ देखि २० गतेसम्म धरान महोत्सवमा पनि प्रर्दशनी गरिने महासंघले जनाएको छ ।

photo-6

photo1