पथरी: पक्की पुल निर्माण भएको एक वर्ष बितिसक्दा पनि आवतजावतमा सहज नबनाएको भन्दै मोरङ्ग पथरीशनिश्चरे ५ का स्थानीयवासीले पथरी खोलामा अस्थाई बाँसको पुल निर्माण गरेका छन् ।

पथरीशनिश्चरे नगरपालिकाले ठेक्का प्रक्रियाबाट पुल निर्माण गरेको छ । मैनखाडी—कोठेवारी—किर्तिपुर सडक खण्डको कोठेवारीमा निर्माण भएको पुलको सबै कार्य नगरेको भन्दै स्थानियवासी आक्रोशित बनेका हुन् । मंगलवार उनीहरुले पक्की पुलले सर्वसाधरणलाई सहज नभएको भन्दै बाँसको पुल निर्माण गरेर उदघाटन गरेका हुन् । ठेकेदारले काम सम्पन्न नगरेपछि विरोध स्वरुप यो कार्य गरिएको स्थानियबासी बताउँछन् । नगरपालिकामा यो पुल वनाउन स्थानिय उपभोक्ता नै इच्छुक हुदा हुदै नगरले सेटिङ्गमा पुल ठेक्का लगाएको स्थानीय उमानाथ अधिकारी बताउँछन् । उनले भने,‘नगरमा पटक पटक यसबारेमा गुनासो गर्दा पनि समाधान गरेन ।’ उपभोक्ता समिति मार्फत काम गर्ने भने पनि पछि ठेकेदारलाई काम दिइएको अधिकारी बताउँछन् ।

नगरपालिकाले गत वर्ष ३८ लाख रुपयाँमा सो पुल ठेक्का लगाएको थियो । स्थानीय जयभवानी निर्माण सेवाले २५ लाख ९५ हजारमा सो पुल निर्माण गर्ने ठेक्का पाएको थियो । पुल निर्माण सम्पन्न गरेको भने पनि अझै पुलको निर्माण सामाग्री समेत असरल्ल रहेका छन् । यो पुल निर्माण भए स्थानियवासीलाई सहज हुने केशव वुडाथोकी वताउछन् । पुल निर्माण कार्य सम्पन्न भएर ठेकेदारले पैसा लगेको भनिए पनि काम सम्पन्न नै नगरी नगरले पैसा चुक्ता गरेकोप्रति स्थानियवासी अच्चमित छन् ।

bridge1

पुल निर्माण गर्दा नै अनियमीता भएको, कम गुणस्तरीय सामाग्री र मापदण्ड विपरीत पुल बनाइएको स्थानीय शरण राईंको भनाई छ । यो सडकमा पहिलो रहेको काठको पुल भत्काए पछि स्थानियवासीलाई असहज भएको छ । बनेको पुल पनि पुर्णरुपमा सन्चालनमा आउन सकेको छैन । पुल बने पनि पुलको दायाँ र वाँया भागमा माटो नपुर्दा समस्या छ । पुल निर्माण कार्यमै लापरवाही भएको स्थानीयबासी बताउँछन् ।

मंगलवार स्थानियवासीले पुल यही अवस्थामा उदघाटन गर्न पथरीशनिश्चरेका प्रमुख, उपप्रमुख कार्यकारी अधिकृत, इन्जिनियर र वडा अध्यक्षलाई निमन्त्रण गरे पनि कोही उपस्थिति भएनन् । माटो पुर्न स्थानियवासीलाई उपभोक्ता समिति बनेर आउन नगरले आग्रह गरेपछि दुई हप्ता अघि उनीहरु नगरसम्म पुगे तर नगरका प्राविधिकले स्टिमेट नबनेको भन्दै पटक पटक उनीहरुलाई फर्काएको अधिकारी वताउछन् । नगरका प्राविधिक र ठेकेदारको वेइमानीका कारण प्रत्यक्ष असर स्थानियवासीले पाउदै आएका छन् ।

IMG_20191231_110251