धरान: प्रदेश नं १ सरकारले नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ गरेको छ ।

आज प्रदेश राजधानी विराटनगरस्थित सहिद रंगशालामा भव्य समारोहबीच भ्रमण बर्ष २०२० को समुद्घाटन गरिएको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भ्रमण बर्ष २०२० को उद्घाटन गर्दै प्रदेशमा यो बर्ष ५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण बर्षको शुरुवात गरिएको बताए । उनले भ्रमण बर्षलाई सफल बनाएर सुख, समृद्धि हासिल गर्ने यात्रामा सरिक हुन र सक्रिय योगदान गर्न प्रदेश १ का जनतालाई अपिल पनि गरे । 'म आजको यही भव्य समारोहबाट नेपाल भ्रमण बर्षलाई सफल बनाउन, सुख र समृद्धि हासिल गर्ने यात्रामा सरिक हुन, सक्रिय योगदान गर्न सबैमा हार्दिक अपिल पनि गर्दछु,'मुख्यमन्त्री राईले भने ।

मुख्यमन्त्री राईले नेपाल बुहजातीय, बहुभाषिक र बहुसाँस्कृतिक मुलुक भएको साथै भौगोलिक, प्राकृतिक तथा सामाजिक विविधतायुक्त बिशेषताले भरिएको र सजिएको सुन्दर देश पनि भएकोले पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । 'मनोरम हिमश्रृंखला र प्राकृतिक छटाहरुले भरिपुर्ण हाम्रो देश संसारको आकर्षणको केन्द्र बन्नसक्छ । नेपालको प्रचुर पर्यटकीय सम्भावनाहरुलाई उजागर गर्दै सरकारले भ्रमण बर्ष शुरुवात गरेको छ,'उनले भने,'देशमा गरिबी निवारण गर्दै रोजगारी सृर्जना गर्न पनि भ्रमण बर्षले महत्वपुर्ण योगदान पुर्याउनेछ ।'

visit-nepal1

प्रदेश नं १ लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा गुणस्तरीय पर्यटन गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यसहित भ्रमण बर्षको शुरुवात गरिएको मुख्यमन्त्री राईले बताए । प्रदेश सरकारले आफ्नो आवधिक योजनामार्फत पर्यटन क्षेत्रले कुल ग्राहस्थ उत्पादनको योगदानलाई आगामी पाँच वर्षमा ५ प्रतिशत पुरयाउने लक्ष्य राखिएको उनले बताए । साथै, प्रत्यक्षरुपमा ३२ हजारलाई दिइरहेको रोजगारीको संख्यालाई तेब्बर पुरयाउने पनि लक्ष्य रहेको उनले बताए ।

मुख्यमन्त्री राईले आउँदो मे महिनामा सगरमाथा दिवसको अवसर पारेर सगरमाथा आरोहरण गरेका राष्ट्रिय, अन्तर्राष्ट्रिय पर्वतारोहीहरु सम्मिलित “समिटर्स समिट” आयोजना गर्ने पनि जानकारी दिए । यो कार्यक्रमले प्रदेश १ र सिंगो नेपाललाई विश्व सामु चिनाउन थप मद्दत गर्ने अपेक्षा लिइएको उनले बताए । नेपाल भ्रमण वर्ष २०२० कै अवसर पारेर आगामी फेब्रुअरी १ बाट अन्तर प्रादेशिक हवाई सेवाअन्र्तगत बिराटनगर पोखरा उडान शुरु हुने पनि मुख्यमन्त्री राईले बताए ।

visit-nepal

भ्रमण बर्ष उद्घाटन समारोहमा प्रदेशसभा सभामुख, मन्त्रीहरु, सांसदहरु, विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु, सरकारी, गैरसरकारी, सामाजिक तथा विभिन्न जातीय संघसंस्थाहरुको पनि सहभागिता रहेको थियो । विभिन्न जातिको साँस्कृतिक झाँकी प्रर्दशनी, सुरक्षाकर्मीहरुको मार्च पास, गीत प्रस्तुतीलगायत कार्यक्रमहरु आयोजना भएको थियो । यस्तै, हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने भ्रमण बर्षको झण्डा पनि फहराइएको थियो । प्रदेश नं १ मा मुख्यमन्त्री राई संरक्षक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियैत अध्यक्ष रहेको मुल समिति गठन गरिएको छ । यो समितिअन्र्तगत विभिन्न १२ वटा उपसमिति गठन गरेर भ्रमण बर्ष २०२० को लागि एक बर्षे कार्ययोजना पनि तयार गरिएको छ ।

visit-nepal4

आजै प्रदेश १ सँगै संघीय सरकारले दशरथ रंगशालाबाट नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ गर्दैछ भने अन्य ६ प्रदेशहरुमा पनि भ्रमण बर्ष शुभारम्भको कार्यक्रम हुदैछ । दशरथ रङ्गशालामा बेलुका ४ बजेदेखि उद्घाटन कार्यक्रम शुरु हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण बर्ष शुरुवातको घोषणा गर्नेछिन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । समरोहमा राजनीतिक दलका प्रमुख, सातै प्रदेशका मुख्यमन्त्री, कूटनीतिक नियोगका प्रतिनिधि, पर्यटन व्यवसायी, चर्चित कलाकार र दर्शकको उपस्थिति रहनेछ ।

visit visit-nepal2 visit-nepal7 visit-nepal6 visit-nepal-8 visit-nepal10 visit-nepal8 visit-nepal9