मोरङ : मोरङको विराटनगर महानगरपालिका १२ आईतबारेबाट लागु औषध सहित २ जना पक्राउ परेका छन् ।

बुधवार साँझ ६ बजेको समयमा प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले मोरङको सुनदरहरैचा नगरपालिका ४ का २१ वर्षीय सबिन कुमार चौधरी र १८ वर्षीय अजय चौधरीलाई लागुऔषध सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले फिनेरामिन १३ एम्पुल, डाईजोल्याप १३ पम्पुल, बुफ्रेनोरथिन १३ एम्पुल र प्रोथामिन हाईड्रो क्लोराईड एलपी १३ एम्पुल बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।