काठमाण्डौं : ताइवानमा हेलिकोप्टर दुर्घटना हुँदा ताइवानका सेना प्रमुख शेन यी-मिङको निधन भएको छ । राजधानी ताइपेई नजिकै पहाडी इलाकामा हेलिकोप्टर दुर्घटना भएको हो । हेलिकोप्टरमा सेना प्रमुखसँगै १३ जना सवार रहेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।

ताइवानको आधिकारिक केन्द्रीय समाचार संस्थाले सेना प्रमुखको निधन भएको पुष्टि गरेको छ । दुर्घटनामा अन्य आठ जनाको पनि ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

सेना प्रमुख मिङ नयाँ वर्षमा पूर्वाेत्तर क्षेत्रमा रहेका सैनिकसँग भेट्न जाने क्रममा हेलिकोप्टर दुर्घना भएको हो । अहिले दुर्घटनाग्रस्त क्षेत्रमा खोज्ने र उद्धार गर्ने काम भइरहेको हवाई बलका कमाण्डर इन् चिफ् हो-चीले सञ्चारमाध्यमलाई जनाए ।