धरान: उदयपुर जिल्लाको ऐतिहासिक चौदण्डीगढीको प्रर्वद्धन गर्ने उद्देश्यले धरानका साइक्लिष्टहरु ३ दिने साइकल यात्रामा पुगेर फर्किएका छन् ।

चौदण्डीगढी नगरपालिकाले पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले टुर दि चौदण्डीगढी कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा धरानबाट २५ जना साइक्लिष्टहर सहभागी भएका थिए । साइक्लिङ धरानका अध्यक्ष दिपक जोशीको नेतृत्वमा धरानका साइक्लिष्टहरु चौदण्डीगढी पुगेका थिए । उनीहरु साइकलबाट नै पहिलो दिन पुष १५ गते बेल्टारमा पुगेर बास बसेका थिए । भोलीपल्ट बुधबार उनीहरु चौदण्डीगढीमा पुगेका थिए ।

cyclist1

गढीमा पुगेपछि त्यही दिन उनीहरु पुनः बेल्टार आएर बास बसेका थिए । बेल्टारबाट आज बिहान साइकल यात्रामा निस्एिको टोली दिउँसो धरान आइपुगेको साइक्लिङ धरानका सचिव कृष्ण केसीले जानकारी दिए । 'नगरपालिकाले पर्यटन र चौदण्डीगढीको प्रर्वद्धन गर्ने उद्देश्यले टुर दि चौदण्डीगढी कार्यक्रम आयोजना गरेको थियो, हामी पुष १५ गते धरानबाट हिडेर आज दिउँसो आइपुग्यौं,'केसीले भने ।

cyclist2