इटहरी : इटहरी उपमहानगरपालिका ८ कदमा टोलबाट पेस्तोल सहित दुई जना पक्राउ परेका छन् । सवारी चेकजाँच गर्ने क्रममा प्रहरीले मोटर साईकलमा पेस्तोल सहित हिडिरहेका दुई जनालाई पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा सुन्दरहरैचा ४ बस्ने ३३ वर्षीय जागिर खान र सुनसरी हरीनगरा गाउपालिका वडा न ७ बस्ने ४७ वर्षीय जमिल अंसारीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका सुचना अधिकृत मान प्रसाद श्रेष्ठले जानकारी दिए ।

विहीबार ईटहरी ८ कदमा टोलमा चेकजाच गर्ने क्रममा २ जना सवार भई आईरहेको को ९ प ७४८६ नम्बरको मोटर साईकलमा रहेका दुईको संखास्पद गतीविधि लागेपछि ईटहरीबाट खटिएको प्रहरी टोलीले तत्काल नियन्त्रणमा लिई खान तलासी गर्दा फलामले बनेको स्वचालीत पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले जागिर खानको दाहिने पट्टिको कम्मरको भागको पेटीले बाँधेको अवस्थामा फलामले बनेको कम्पनीको नाम नम्वर नभएको म्याजिन जडान गरेको स्वचालित पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने ५ थान गोली समेत लोड गरिएको म्याग्जिन १ थान वरामद गरीएको जनाएको छ । प्रहरीले दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धन भईरहेको जनाएको छ ।