धरान: धरान सहर स्थापना दिवससँगै नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउने उद्देश्यले तीन दिने धरान महोत्सव २०७६ आजदेखि शुरु हुदैछ ।

धरान १२ स्थित पब्लिक उच्चमाविको खेल मैदानमा हुने महोत्सवको आज एक समारोहबीच प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । अहिले महोत्सवस्थलमा उद्घाटनसँगै विभिन्न स्टलहरुको तयारी भइरहेको छ । केही बेरमा वृहत साँस्कृतिक झाँकीसहितको र्याली निकाल्ने तयारी हुदैछ ।
पुष २० गतेलाई धरान स्थापना दिवसको रुपमा मनाउने गरिएको छ । यसपाली नेपाल भ्रमण बर्ष २०२० लाई पनि समेटेर तीन दिने महोत्सव मनाउन लागिएको हो । महोत्सव पुष २० गते समापन हुनेछ । समापन समारोहमा मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा हुनेछ ।

महोत्सवस्थलमा विभिन्न साँस्कृतिक, खेलकुद, मनोरञ्जनात्मक तथा साहित्यिक, सांगीतिक कार्यक्रमहरु आयोजना हुनेछ । महोत्सवस्थलमा शैक्षिक, कला साहित्य, खाद्य, पुष्प प्रर्दशनी तथा बिक्री स्टलहरु पनि राखिएको छ । विभिन्न स्कुलको शैक्षिक प्रर्दशनी राखिएको छ भने जातीय संघसंस्थाहरुको मौलिक खानाको परिकार पनि छ ।

DHRN-DAY

तीन दिनसम्म हरेक साँझ उत्सवस्थलमा धरानका कलाकारहरुले गीत, संगीत प्रस्तुत गर्नेछन् भने धरानका जनतालाई साँझमा घर घरमा दिपावली गर्न उपमहानगरले आह्वान गरिनेछ । उद्घाटन समारोहकै क्रममा भ्रमण बर्ष २०२० को सप्ताहव्यापी प्याराग्लाइडिङको उद्घाटन पनि प्रदेश १ मा यहीबाट हुनेछ । दोस्रो दिन शनिबार धरान रन कार्यक्रम यलम्बर पार्कदेखि पब्लिक हाईस्कुलसम्म आयोजना हुनेछ भने दिउँसो धरानको पर्यटन प्रर्वद्धनको सम्भावना र आगामी कदम बिषयक कार्यपत्रमाथि छलफल हुनेछ । साथै, पब्लिक हाइस्कुलमा पुर्वीय लोकभाकाको जुहारी कार्यक्रम हुनेछ ।

DHARAN-DAY

तेस्रो दिन वृहत साइकल र्याली आयोजना हुनेछ भने गन्तव्य पैदल यात्रा पनि हुनेछ । यस्तै, सोही दिन वृक्षरोपण, प्रदेशस्तरीय साहित्यिक कार्यक्रम पनि हुनेछ । दिउँसो मुख्यमन्त्रीको प्रमुख आतिथ्यमा धरान डे बिशेष एवं समापन समारोहमा जातीय साँस्कृतिक प्रस्तुती, पुष्पवृष्टि, खेलकुदको प्रस्तुती हुनेछ भने धरानलाई विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरु, सागका पदक विजेता खेलाडीहरुलाई सम्मान गरिने उपमहानगरपालिकाले जनाएको छ । यस्तै, क्षेत्रगतरुपमा धरानको सद्भावना दुत पनि घोषणा गरिनेछ ।

DHARAN-DAY3 DHARAN-DAY5 dhrn5 DHRN DHRN1