धरान: तीन दिने धरान महोत्सव २०७६ को भव्यरुपमा उद्घाटन भएको छ । तर, उद्घाटन समारोह भने प्रतिकुल मौषमले महोत्सव प्रभावित भएको थियो ।

धरान १२ स्थित पब्लिक उच्चमाविको खेलमैदानमा प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले महोत्सवको औपचारिक उद्घाटन गर्नुअघि वृहत र्याली निकालिएको थियो । र्यालीमा धरानका विभिन्न सामाजिक, जातीय, धार्मिक संघसंस्था तथा शैक्षिक संस्थाहरुको सहभागिता रहेको थियो । र्याली छाताचोक, भानुचोक हुदै पुनः पब्लिक उच्चमाविको दक्षिणी गेटबाट मैदानमा प्रवेश गरेको थियो । उद्घाटन समारोह शुरुवात भएसँगै हलुका बर्षाले महोत्सव प्रभावित भएको थियो ।

dharan-mahotsab2

र्याली र उद्घाटन समरोहमा विभिन्न जातिय संघसंस्थाहरुले मौलिक साँस्कृतिक झाँकी प्रर्दशनी गरेका थिए । समारोहको उद्घाटन नेवारी समुदायको धिमे बाजा बजाउदै प्रमुख अतिथि एवं प्रदेशसभा सभामुख भण्डारीले दिप प्रज्वलन गरेर भएको थियो । सभामुख भण्डारीले सँस्कृतिक विविधताले भरिएको सहर धरानको कला,सँस्कृतिलाई बजारीकरण गर्न आवश्यक भएको धारणा व्यक्त गरे । साथै उनले धरानको ट्रेडमार्क बनाएर पर्यटकलाई भित्र्याउनुपर्ने धारणा पनि राखे ।

IMG_20200103_122532

समारोहलाई प्रतिनिधिसभा सदस्य जयकुमार राई, संविधानसभा सदस्य किरण राई, प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठले पनि सम्बोधन गर्दै धरानको सुन्दर पर्यटकीयस्थलहरुको उजागर गरेर पर्यटक भित्र्याउनुपर्ने बताए । धरानका मेयर तिलक राईले धरानको स्थापना दिवससँगै नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन महोत्सव आयोजना गरिएको बताए । उनले स्टलहरु निःशुल्क उपलब्ध गराइएको र सुलभ मुल्यमा खाद्यान्न, कृषि, हस्तकलालगायतका उत्पादनहरु उपभोक्तालाई उपलब्ध हुने पनि बताए ।

महोत्सवमा तीन दिनसम्म विभिन्न साँस्कृतिक, मनोरञ्जनात्मक कार्यक्रमहरु पनि आयोजना हुनेछ । महोत्सवसँगै धरानको प्रचार गर्न बुलेट राइडरहरुलाई भ्रमण बर्षको झण्डा हस्तान्तरण गरेर विदाई गरिएको थियो भने स्टिकर पनि सार्वजनिक गरिएको थियो ।

IMG_20200103_131112 IMG_20200103_131914

IMG_20200103_123102 5 1 IMG_20200103_132004 IMG_20200103_122922 IMG_20200103_130214 IMG_20200103_124724 IMG_20200103_133057 IMG_20200103_123140 IMG_20200103_132356 IMG_20200103_124614 IMG_20200103_124741