झापा : लायन्स क्लब अफ युनाइटेड दमकले दोस्रो संस्करणको दमक लायन्स फुटसलको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा आयोजक लायन्स क्लब अफ इस्र्टन लाइन दमकलाई ५ का विरुद्ध ७ गोल गर्दै लायन्स क्लब अफ युनाइटेड दमक च्याम्पियन बनेको हो ।

दमक ९ स्थीत रणभुमी फुटसल खेलमैदानमा भएको खेलमा युनाइटेडले संघर्ष पुर्ण जित हसिल गरेको हो । अघिल्लो संस्करणमा उपविजेतामा सिमित रहेको थियो । विजेता युनाइटेडले नगद ५१ हजार मेडल, ट्रफी र प्रमाण पत्र हात पार्यो भने उपविजेता आयोजक समेत रहेको लायन्स क्लब अफ इस्र्टन लाइन दमकले नगद २५ हजार, मेडल, ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा म्यान अफ दी म्याच पराजित टिमका उत्सव प्रसाई घोषित भए ।

त्यसै गरि विधागत तर्फ उत्कृष्ट गोलकिपरमा पराजित टिमका विनोद ढकाल घोषित हुदाँ हाइ स्कोरर विजेता टिमका रोजन बस्नेत घोषित भए भने उत्कृष्ट कोचमा विजेता टिमका जिवन चुडालले बाजी मारे । प्रतियोगितामा दमकका लायन्स क्लब अफ बिग बुद्ध, लायन्स क्लब अफ माउण्ट एभरेष्ट, विजेता र उपविजेतासहित मोरङ पथरीको लायन्स क्लब अफ योङ हार्टको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष तुलसीराम तिम्सिनाले जानकारी दिए ।

एरिया चिफ बबरजंग थापाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा एरिया कोडिनेटर अजय अग्रवालले पुरस्कार वितरण गरे ।