धरान : धरानमा वीपीकेआइएचएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुद्वारा आयोजित ‘आयाम सप्ताह’ वार्षिक कार्यक्रम समापन भएको छ ।

वर्षमा २ पटक, समर खेलकुद हप्ता र विन्टर खेलकुद हप्ता आयोजना गरिने वार्षिक सप्ताह अन्तर्गत हाल विन्टर खेलकुद हफ्ता भएको थियो । ‘आयाम’ नामक यस विन्टर खेलकुद हप्तामा १० भन्दाबढि खेलहरु समाबेस गरिएको थियो भने यस पटकबाट कम्प्युटर गेम र मोवाईल गेम पनि समाबेस भएको कार्यक्रम संयोजक मिहिर सक्सेनाले बताए ।

सक्सेना भने, ‘गत वर्ष यो कार्यक्रमको नाम ‘काब्यम’ रहेको थियो । यसवर्ष ‘आयाम’ रहेको हो । आगामी वर्ष ‘अदब्य’ रहने छ ।’ ‘समर सप्ताह’ चाहि दोश्रो वर्षमा अध्ययनरत विद्याथीहरुले आयोजना कार्यक्रम रहेको संयोजक सक्सेनाले बताए । समर सप्ताहमा पनि विभिन्न अतिरिक्त गतिविधि, खेलकुद लागयतको कार्यक्रमहरु समाबेस गरिएको सक्सेनाले बताए ।

‘आयाम सप्ताह’ बास्केटवल बिद्यातर्फ छात्रहरुको ६ समुह र छात्राहरुको ५ समुहले सहभागिता जनाएका थिए । बास्केटबल बिद्यातर्फको दुबै छात्र र छात्राहरुको फाईनल खेल सम्पन्न भएको छ । उक्त फाईनल खेलमा छात्र तर्फ ५ औं ब्याचले ४ आंै ब्याचलाई हराउँदै विजेता र उपविजेता बने । यसैगरी छात्रा तर्फको खेलमा ३ औं ब्याचलाई डक्टर्सले पराजित गर्दै उपाधि जितेका थिए ।

धरान वीपीकेआइएचएसको आफ्नै खेलमैदानमा बास्केटबल प्रतियोगिता सम्पन्न भएको हो । सम्पुर्ण खेलहरु रातको समयमा भएको थियो । आयोजकले भन्यो, ‘प्रदेश नम्बर १ को यो एकमात्र बास्केटबल प्रतियोगिता हो, जुन रातको समयमा हुने गर्दछ ।’ उक्त प्रतियोगिताको सम्पुर्ण प्राबिधिक सहयोग हराईजन क्लव धरानले गरेका थिए ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विद्यार्थीहरुको स्वास्थ्यलाई गम्भिरताको साथ लिएको कार्डियोलोजिस्ट तथा बास्केटबल खेलाडी कुञ्जाङ शेर्पाले जानकारी दिईन् । हस्पिटलका डेपुटी डाइरेक्टर दिलिप ठाकुरको प्रमुख आथित्यतामा ‘आयाम सप्ताह’ कार्यक्रमको सम्पन्न थियो ।