विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अभिभावकत्व लिएका विद्यार्थीलाई आज (शुक्रबार) आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ ।

गत वर्ष मुख्यमन्त्री राईले अल्पसंख्यक समुदायका तीन जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका थिए । मोरङको रतुवामाई नगरपालिका ५ र ६ नम्बर वडाका रोजिना खातुन, सुर्दशन मुर्मु र विनोद मुर्मुको घरमा पुगेर आवश्यक सामाग्री प्रदान गरिएको हो । मोरङको रतुवामाई स्थित सरस्वती माविमा अध्ययनरत यी बालबालिकाहरुलाई आवश्यक पर्ने शैक्षिक सामाग्री, खाद्यान्न सामाग्री र जाडोको लत्ता कपडा प्रदान गरिएको हो ।

रतुवामाई नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तुलाराम लुँइटेल, समाजसेवी, भरतमणी कार्की, शिक्षक भिम लुँइटेल, शिक्षिका भिमकला बस्नेत र विद्यार्थी नेता भाष्कर खनालको उपस्थितिमा मुख्मन्त्रीको तर्फबाट प्रेस सल्लाहकार धुर्व सुवेदीले आवश्यक सामाग्री प्रदान गरेका छन् ।

cm-1

विद्यार्थी भर्ना अभियानको क्रममा २०७५ बैशाख ९ गते यी बालबालिकाहरुको मुख्यमन्त्री राईले अभिभावकत्व ग्रहण गरेको थियो । उनिहरु बाल कक्षामा अध्ययनरत छन् । अत्यन्तै गरीब परिवारका यी बालबालिकाहरुको पठनपाठन र रेखदेखको जिम्मेवारी मुख्यमन्त्री राईले लिएको हो ।