दमक : झापाको दमकमा गए राति भएको सवारी दुर्घटनामा परि २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

दमकको क्याम्पसमोडमा सनिबार राति सवा नौ बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे १ ह ४९१९ नम्बरको अटो रिक्सालाई बिपरित दिशाबाट आईरहेको भारतीय नम्बरप्लेट बि आर ०७ जि एच ८७८८ नम्बरको ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा दमक नगरपालिका वडा नम्बर ९ का अटो रिक्सा चालक हरिबहादुर भुजेल रहेका छन् भने अर्का एकजनाको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा परि घाईते हुनेहरुमा मोरङ उर्लाबारी नगरपालिका ३ का रोशन ढकाल, मुकुन्द दुलाल र ध्रुब कुईकेल रहेका छन् ।

उनीहरुको अवस्था समान्य रहेको दमक ट्राफिक प्रमुख यज्ञराज अधिकारीले जानकारी दिएको छ । मृतकको शब पोष्टमार्टमका लागि दमक अस्पतालमा राखिएको छ । ठक्कर दिने ट्रकका चालकले ट्रकलाई पशुहाटको डाडामा लगेर चावीसहित फरार भएका छन् । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।