धरान: १३ औं दक्षिण एसियाली खेलकुद(साग) मा नेपालको लागि पदक विजेता धरानका खेलाडीहरुलाई आइतबार भव्यरुपमा सम्मान गरिएको छ ।

धरान उपमहानगरपालिकाले तीन दिने धरान महोत्सवको समापन अवसरमा पदक विजेता खेलाडी र प्रशिक्षकहरुलाई सम्मान गरेको हो । उपमहानगरपालिकाले महोत्सव समापन समारोहमा नगद र सम्मान पत्रले खेलाडी, प्रशिक्षकहरुलाई सम्मान गरेको थियो । त्यसअघि पनि खेलाडीहरुलाई गाडीमा राखेर फुलमालासहित नगर परिक्रमा गरेर खेलाडीहरुको सम्मान गरेको थियो ।

महोत्सव समापन समारोहमा प्रमुख अतिथि एवं मुख्यमन्त्री शेरधन राईले खेलाडीहरुलाई सम्मान पत्र र चेक प्रदान गरेका थिए । सागमा पदक जितेर नेपाल र धरानको गौरव बढाएकोले सम्मान गरिएको उपमहानगरले जनाएको छ । सागमा स्वर्ण विजेता खेलाडीहरु नगद ५० हजार, रजत विजेतालाई ३५ हजार र काँस्य पदक विजेतालाई २५ हजार र सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । प्रशिक्षकहरुलाई पनि सोही अनुसार सम्मान गरिएको थियो । सागमा धरानका खेलाडीहरुले ६ वटा स्वर्ण, १ वटा रजत र ३ वटा काँस्य पदक जितेका छन् ।

saag-kheladi1

सागमा तेक्वान्दोकी सिना लिम्बु मादेनले एक स्वर्ण र एक कास्य जितेकी छिन् भने स्वास्तिका तामाङ, निता गुरुङले स्वर्ण र युनिषा राईले काँस्य पदक जितेकी छिन् । यस्तै, गल्फमा निरज तामााङले स्वर्ण जितेका छन् भने गल्फमै शुक्रबहादुर राईले एक स्वर्ण र एक काँस्य पदक जितेका छन् । यसैगरि, फुटबलमा हेमन्त थापा मगरले स्वर्ण जितेका छन् भने बास्केटवलकी डा.आशा राईले रजत पदक जितेकी थिइन् । प्रशिक्षकतर्फ बास्केटवलका विकास राई र बक्सिङका किसोर सम्बाहाम्फेले पनि सम्मानित भएका थिए ।

saag4 saag6