धरान: तीन दिने धरान महोत्सव २०७६ आइतबार विविध जातीय सँस्कृति झल्काउदै समापन भएको छ ।

महोत्सवको अन्तिम दिन समापन समारोहमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई प्रमुख अतिथि रहेका थिए । समापन समारोहमा विभिन्न जातजातिहरुले आफ्नो मौलिक साँस्कृति प्रस्तुत गरेका थिए । धरान आदिबासी जनजाति बहुल्य सहर हो । यद्यपी यहाँ आदिबासी, जनजाति र गैर जनजाति समुदायहरुबीच सुमधुर सम्बन्ध, आत्मीयता र सहिष्णुता छ ।

जातीय एवं साँस्कृतिक विविधतायुक्त सहर हो धरान । जसको ज्वलन्त उदाहारण आइतबार धरान महोत्सवको समापन समारोहमा प्रस्तुत भएको विविध सँस्कृतिहरुले पनि प्रष्ट पार्यो । कार्यक्रममा संगीनी नाच, खस समाजको नृत्य, मारवाडी समुदायको गीत र नृत्य, स्कोन मन्दिरको नृत्य, सिंसा कल्याण केन्द्रको नृत्य, मगर जातिको हुर्रा नृत्य, सुनुवार सेवा समाजको नृत्य,नेवारी सँस्कृतिको धिमे नाच, याक्खा जातिको डोकेनी नृत्यलगायतले आआफनो सँस्कृति प्रस्तुत गरेको थियो ।

dhrn-mahots1

साथै, मितेरी साइने रहेको पोखरा महानगरपालिकाबाट आएको कलाकारको टोलीले पनि गीत गाएका थिए । त्यसअघि, बिहान महोत्सव अवसरमा नै प्रदेशस्तरीय कविता गोष्ठी पनि आयोजना भएको थियो । विभिन्न जिल्लाबाट आएका कविहरुले आफ्नो रचना सुनाएका थिए । समापन समारोहमा नेपाल भ्रमण बर्ष २०२०, भिजिट धरान लेखिएको केक काटिएको थियो भने बेलुनसँगै झण्डा पनि उडाइएको थियो । यसैगरि, रस्सीतान प्रतियोगिता पनि आयोजना गरिएको थियो । 

dharan4 dharan3 dharan5 dharan6 dhrn2 dhrn5 1 dharan-mahotsab7 1 dharan9 dharan-majpg dharan8

dharan1