पथरी : चिसाङ क्लब, लेटाङ ३ को आयोजनामा जारी नकआउट फुटबलको आइतबार सम्पन्न सेमिफाइनलमा विजयी हुँदै द ब्वाइज क्लब र खेरुवा एफसी फाइनलमा प्रवेश गरेका छन् ।

पहिलो सेमिफाइनलमा यमन मगरको निर्णायक गोलबाट आयोजक चिसाङ एफसीलाई १(० ले पराजित गर्दै द ब्वाइज फाइनल प्रवेश गरेको हो । द ब्वाइजका प्रसिद्ध राई म्यान अफ द म्याच घोषित भए ।

दोस्रो सेमिफाइनलमा पुजन मगरको निर्णायक गोलमा सनराइज युनाइटेड क्लबलाई १० ले निराश पार्दै खेरुवाले फाइनलमा सिट पक्का गरेको हो । सनराइजका विगेन राई खेलको म्यान अफ द म्याच घोषित भए ।

गत बुधबार (१६ पुस) बाट १२ क्लब सम्मिलित प्रतियोगितामा मंगलबार फाइनल खेल हुनेछ । विजेताले ट्रफी सहित रु १५,००० तथा उपविजेताले ट्रफी सहित रु १०,००० प्राप्त गर्नेछन् ।