एजेन्सी: इरानका सर्वोच्च नेता अयोतुल्ला अलि खामेनीले सोमबार तेहरानमा एक समारोहीच सैन्य कमाण्डर कासिम सुलेमानीको ‘कफिन’मा प्रार्थना गर्नु हुदै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सुलेमानी शुक्रबार बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको अमेरिकी ड्रोन हमलामा मारिएका थिए । शुक्रबार अमेरिकी सेनाको विशेष प्रकृतिको कारबाहीका क्रममा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख कमाण्डर कासिम सुलेमानी मारिएका थिए । मारिएका ती सुलेमानीलाई अमेरिकाले विगतदेखि नै ‘आतङ्ककारी’ समूहको नाइके भएको बताउँदै आएको थियो । यो आक्रमण अमेरिकाको तयारीमा नै भएको बताइएको छ । जुन कुरा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले नै पुष्टि गरेको छ । सुलेमानीको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा हत्या भएको बताइएको छ । आक्रमणका लागि उनको निर्देशन रहेको अमेरिकाले नै बताएको छ ।

मारिएका सुलेमानी को हुन् ?

iran-janaral

इरानका सर्वोच्च नेताले अमेरिकी आक्रमणमा आफ्नो सेनाको जनरल मारिएपछि यसको कडा बदला लिने चेतावनी दिएका छन । इरानी सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले यस्तो प्रतिक्रिया दिएका हुन । शुक्रवार इराकको बग्दादमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि उहाँले अमेरिकाका विरुद्धमा कडा रुपमा बदला लिने बताएका हुन ।

इरानले देशभरी नै तीन दिनसम्मका लागि राष्ट्रिय शोकको पनि घोषणा गरेको थियो । त्यस्तै इरानी रक्षामन्त्री जावेद जारिफले शुक्रबार अमेरिकी सेनाले गराएको यो घटनालाई अन्तरराष्ट्रिय आतङ्कवाद भनी आरोप लगाएका छन । शुक्रबार भएको यस सैन्य कारबाहीपछि उत्तेजकरुपमा व्यवहार नगर्न र संयमता अपनाउन विभिन्न देशले आग्रह गरिरहेका छन् ।

यस कारबाहीको चीन, रुस र सिरियाले यस हवाई आक्रमणको आलोचना गरेका छन् तर यूरोपेली सङ्घले भने थप हिंसा भड्किन नदिन सबै पक्षलाई संवेदनशिल भएर संयमता अपनाउन आग्रह गरेको छ ।

मारिएका ती सुलेमानीलाई अमेरिकाले विगतदेखि नै ‘आतङ्ककारी’ समूहको नाइके भएको बताउँदै आएको थियो । यो आक्रमण अमेरिकाको तयारीमा नै भएको बताइएको छ । जुन कुरा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले नै पुष्टि गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै उनको हत्याको निर्देशन दिएका बताइएको छ । आक्रमणका लागि उनको निर्देशन रहेको अमेरिकाले नै बताएको छ ।

किन मारिए सुलेमानी ?

इराकको राजधानी बग्दादमा विमानस्थल नजिक अमेरिकी हवाई आक्रमणमा मारिएका इरानी मेजर जनरल कासिम सुलेमानी अमेरिकाका ठूला शत्रु थिए । इरान रेभोल्युसनरी गार्ड्सको विदेशमा काम गर्ने इकाइ कुद्स फोर्सको जिम्मेवारी सम्हालेका सुलेमानी इरानका लागि निकै महत्वपूर्ण व्यक्ति मध्येका एक थिए ।

पश्चिम एसियाका सबै मिसनलाई उनले नै सञ्चालन गर्ने गरेका थिए । विशेषगरी इराकमा उनको महत्वपूर्ण भूमिका रहेको मानिदै आएको थियो । बग्दादलाई इस्लामिक स्टेटको आतंकबाट बचाउनका लागि उनको नेतृत्वमा इरानसमर्थक फोर्स गठन भएको थियो ।

त्यसको नाम पपुलर मोबिलाइजेसन फोर्स थियो । सन् १९८० को दशकमा इराक र इरानबीच चलेको रक्तरञ्जित युद्धमा उनले प्रमुख भूमिका खेलेका थिए । त्यस युद्धमा अमेरिकाले इराकका तानाशाह सद्दाम हुसेनलाई साथ दिएको थियो ।

त्यहाँ देखि आफ्नो शत्रु मान्दै आएको अमेरिकाले उनीविरुद्ध पटकपटक चेतावनी दिने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुलेमानीले सशस्त्र संगठन हेज्बोल्लाह, प्यालेस्टाइनमा सक्रिय आतंकवादी संगठन हमास लगायतलाई समर्थन दिएका थिए ।

उता, सिपिरयामा समेत फरकफरक समर्थन रहनुमा पनि सुलेमानलाई नै कारण मानिँदै आएको थियो । इरानका परराष्ट्रमन्त्री मोहम्मद जवाद जरिफले कुद्स फोर्सका प्रमुख कासिम सुलेमानीलाई अमेरिकाले गरेको हत्या अन्तर्राष्ट्रिय आतंकवाद संज्ञा दिएका छन् ।

अमेरिकाले देखाएको अराजक रोमाञ्चको दुष्परिणाम उसले भोग्नुपर्ने जरिफको चेतावनी छ । उता, ट्रम्पको आदेशबाट मारिएको विषय सार्वजनिक भएसँगै अमेरिकी सिनेटरले प्रश्न गर्दै ट्रम्पले पदीय मर्यादा दुरुपयोग मात्र नभई युद्धको सन्त्रास बढाएको बताएका छन् ।

इरानी सैन्य जनरलको हत्यापछि मध्यपूर्वमा थप चुनौती थप्ने बताइएको छ । आक्रमणबाट युद्धको अवस्थामा मात्रै प्रभाव नपरी तेलको मूल्यमा समेत प्रभाव पर्ने सक्ने अनुमान गरिएको छ । जनरलको मृत्युसँगै तेलको मूल्यमा ४ प्रतिशत वृद्धि भइसकेको छ ।