धरान : २० औं अन्तर वडास्तरीय टुबोर्ग गोधुली फुटबल रनिङ कपमा आज वडा नं. ७ र वडा नं. १ विजयी भएका छन् ।

धरान रंगशालामा भएको पहिलो खेलमा वडा नं. ७ ले वडा नं. ९ लाई ५-१ गोल अन्तरले पराजित गरेको थियो । ७ नं. वडाको लागी दिनेश श्रेष्ठले २ गोल गरे भने अमर राई, केशर फोम्बो र अनिस राईले १/१ गोल गरेका थिए । ७ नं. वडाका दिनेश श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । वडा नं. ९ को तर्फबाट सुरेश लिम्बूले एक गोल गरेका थिए ।

त्यस्तैगरी वडा नं. १ ले वडा नं. २ लाई ४-० गोल अन्तरले पराजित गरेको छ । वडा नं. १ का लागि अनिस सुनामले ह्याटिूक गरे । त्यस्तै सुरज खकुरेलले एक गोल गरेका थिए । सुनामले खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १५ सय प्राप्त गरे ।

प्रतियोगिताको विजेताले रनिङ कपसहित १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछ । यस्तै, व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीले ११ हजार पाउनेछ भने उदयीमान खेलाडी, वेस्ट डिफेन्डर, म्यान अफ दि म्याच, बेस्ट गोलकिपर, बेस्ट कोच, बेस्ट मिडफिल्डरले जनही ५ हजार ५ सय रुपैयाँ पाउनेछन् । प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीले भने ७ हजार ५ सय पाउनेछ । गत पुष १९ गतेदेखि सुरु भएको प्रतियोगिता माघ ४ गतेसम्म चल्नेछ । -फोटो स्रोतः धरान इभेन्ट्स