काठमाडौं : लगातार बढेको सुनको भाउ आज घटेको छ । हिजो ७६ हजारमा कारोबार भएको सुन आज पाँच सयले घटेर तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि घटेको छ । तोलामा २० रुपैयाँ घटेर चाँदी ९ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । भाउ बढेपछि नेपाली बजारमा कारोबार पनि प्रभावित भएको छ । केही दिनमा सुनको भाउ बढेपछि कारोबार ठप्प जस्तै भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए । मध्यपूर्वमा तनाव उत्पन्न भएपछि त्यसको असर नेपालमा पनि परेको महासंघको भनाइ छ ।