इटहरी : लामो समयदेखी भाडाको भवनमा बस्दै आएको इटहरी यातायात कार्यलयको आफ्नै भवन बन्ने भएको छ । यातायातको सवारी दर्ता तथा लाइसेन्स वितरण कार्यालय लागी प्रदेश सरकारले भवन निर्माणको लागी मंगलबार बोलपत्र आव्हान गरेको हो ।

हलगडा र आँपगाछीमा रहेको कार्यालय दुबै कार्यालयको जग्गा सरकारले इटहरी १० स्थित बिराटनगर लाइनमा किनेको थियो । सोहि जग्गामा मंगलबार प्रदेश सरकारले २० करोड बराबरको दुई वटा भवन बनाउन बोलपत्र आव्हान गरेको हो । प्रदेश भौतिक पुर्वाधार मन्त्रालयले जारी गरेको बोलपत्र मंगलबारको नेपाल समाचारपत्रमा छ । इटहरी स्थायी बासिन्दा रहेका नेकपा नेता मदन चुडालका अनुसार प्रदेश अर्थमन्त्री इन्द्र आङ्बोको पहलमा भवनमा बजेट परेको बताउछन् । सेवाग्राहीको अत्याधिक चाप हुने कोशी अञ्चल यातायात कार्यालय इटहरी २९ वर्षदेखि भाडा बस्दै आएको थियो । सवारी दर्ता र लाइसेन्स बितरण कार्यलयमा पार्किङको समेत व्यवस्था छैन ।yatayat-3 

लामो समयदेखि भवन नभएको कार्यालयले भवन बनाउँदा सेवाग्राहीलाई राहत मिल्ने देखिन्छ । अहिले यातायात कार्यालयको सवारीले मासिक १ लाख १५ हजार भाडा तिर्छ भने लाइसेन्स शाखाले ९५ हजार भाडा तिर्दै आएको छ । यातायात कार्यालयको आफ्नो ट्रायल सेन्टरसम्म छैन ।