धरान: २० औं गोधुली फुटबल रनिङ कपमा धरानको वडा नं ११ र १९ विजयी भएको छ ।

धरान १६ स्थित रंगशालामा मंगलबार भएको पहिलो खेलमा वडा नं ११ ले वडा ३ लाई २-१ गोलअन्तरले हरायो । वडा नं ११ को जितमा वर्तमान राईले महत्वपुर्ण २ गोल गरेका थिए । वडा नं ३ बाट बिशन श्रेष्ठले एक मात्र गोल गरे । खेलको म्यान अफ दि म्याच पनि वर्तमान नै घोषित भए ।

यसैगरि, दोस्रो खेलमा वडा १९ ले वडा १२ लाई ३-१ गोलअन्तरले हरायो । वडा नं १९ बाट योगेश राईले २ गोल र इनोस राईले एक गोल गरेका थिए भने वडा नं १२ बाट प्रशान्त राईले एक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच वडा १९ का ईसान राई घोषित भएका थिए ।

godhuli 2

दुवै खेलको म्यान अफ दि म्याच घोषित खेलाडीहरुले नगद १ हजार ५ सय हात पारे । भोली बुधबारको पहिलो खेल धरान ४ र १५ बीच हुनेछ भने दोस्रो खेल धरान १७ र २० वडाबीच हुने आयोजकले जानकारी दिएको छ । माघ ४ गते हुने फाइनल खेलको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया पाउनेछ । तस्बिर स्रोत: होराइजनक्लब फेसबुकपेज