धरान : संयुक्त व्यापार एकता संघको पहिलो अधिवेशनले रामकुमार दासको अध्यतामा नया कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमस रमन श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ, सुधिर कट्वाल, टिका कुमार श्रेष्ठ,उमेश बुढाथोकी रहेका छन् । त्यसैसरी सदस्यमा वद्री श्रेष्ठ,लक्ष्मी श्रेष्ठ,मोहम्मद नस्रुद्धिन,दिपेन्द्र साह हलवाई,पप्पु देव, अन्जना गुरुङ, जमुना कार्की, आशिष चौधरी, शत्रुधन चौधरी छन् ।

कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका वाणिज्य सचिव सिताराम आचार्यले राज्यले सधै उद्योगी व्यपारीहरुलाई गलत नजरले हेर्ने गरेको बताउदै व्यापारीबीचको एकता अपरीहार्य रहेको बताए । उनले व्यापारीहरुमा अनेकता नभएको फाइदा उठाउदै राज्यले व्यापारीमाथि शोषण गदै आएको दावी समेत गरेका थिए । व्यापारी व्यवसायीहरुको हित र अधिकारका लागि राज्यसंग कडा रुपमा उत्रनुको विकल्प नभएको उनको चेतावनी थियो । राज्यले लागू गर्न लागेको विभिन्न कर नीतिका कारण व्यवासायीहरु विस्थापित हुनुपर्ने अवस्था आएको दावी समेत गरेका थिए ।

सोही क्रममा बोल्दै उद्योेगी व्यापारीहरुको समग्र हितको लागि सुनसरी उद्योग वाणिज्य संघ सदैव काम गर्न तयार रहेको बताउदै विभिन्न वस्तुगत संघसंग पनि हातेमालो गर्न समेत तयार रहेको बताए । उनले कुनैपनि संघ संस्थालाई सकृय गराउन सदस्यहरुको प्रमुख भूमिका हुने भएकोले सदस्यहरु सकृय भएको खण्डमा मात्र संस्था चलायमान हने बताए ।

नव निर्वाचित अध्यक्ष रामकुमार दासले संस्थाको वृहत्तर र विकासका लागि सबैको सहयोग सुझाव र सहयोग लिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले कसैको एक्लो प्रयासबाट संस्था चलायमान र माथि उठन नसक्ने भएकोले सामुहिक प्रयास अपरीहार्य रहेको बताए ।

त्यसैगरी धरान रेडीमेड व्यापार संघका कमल पार्थिव,संचारकर्मी भोला श्रेष्ठ,अधिवक्ता राजन राई लगायतले कृषि उपज बजार स्थलका अध्यक्ष पर्शुराम कट्वाल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।