सुनसरी: इनरुवामा जारी मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘बि’ अन्तर्गत पहिलो खेलमा विभागीय टोलि नेपाल पुलिस क्लबले कर्णाली प्रदेश बिरुद्ध २६७ रनको विशाल जित हात पारेको छ ।

खेलमा नेपाल पुलिस क्लबले दिएको ३४७ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली प्रदेशले २७.१ ओभरमा ७९ रन बनाउदा सम्पूर्ण विकेट गुमाउन पुग्यो। कर्णाली प्रदेशको लागि राज शाहले सर्वाधिक २३ रन बनाए भने टेक सलामीले १४, हेमन्त ओली र दिवान पुनले समान १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। पुलिसको बलिंगमा ललित भण्डारी, मन्जित श्रेष्ठ र सागर ढकालले समान २र२ विकेट लिए। दिपेन्द्र ऐरी, पवन सर्राफ, ललित राजबंशी र कुशल भुर्तेलले समान १/१ विकेट लिए।

Player-of-the-match-Kushal-

यस अघि टस जितेर कर्णाली प्रदेशले बलिंग रोजेपछि ब्याटिंग गरेको नेपाल पुलिस क्लबले ४९।३ ओभरमा सबै विकेट गुमाएर ३४६ रन बनाएको थियो। पुलिसको लागि कुशल भुर्तेलले सर्वाधिक ७८ रन बनाए जुन क्रममा ४९ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। यस्तै सुनिल धमलाले ७० रन बनाए जुन क्रममा ९५ बलमा ६ चौका र १ छक्का प्रहार गरे। दिपेन्द्र ऐरीले २५, अनिल साहले ३६, दिलिप नाथ र पवन सर्राफ समान १५ रन, मन्जित श्रेष्ठ १८ रन बनाए।

कर्णाली प्रदेशको बलिंगमा रविन्द्र जंग शाहीले सर्वाधिक ३ विकेट लिए। यस्तै युनिष सिंह र राज शाहले समान २र२ विकेट लिए।खेलको प्लेयर अफ द म्याच पुलिसका कुशल भुर्तेल चुनिए । प्रतियोगिता अन्तर्गत बिहिबारको खेलमा कर्णाली प्रदेश र प्रदेश नम्बर-२ ले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता अन्तर्गत यस अघि सम्पन्न समुह ‘ए’ र ‘सी’ को खेलहरुबाट त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर-३ टिम सेमीफाइनल प्रवेश गरिसकेका छन्।