धरान: धरान–१३ स्थित स्वस्तिका मार्गमा निर्माण हुने सडकको बुधबार शिलान्यास गरिएको छ ।

प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले एक कार्यक्रमकोबीच उक्त सडकको शिलान्यास गरेका छन् । कुल ५३ लाखको लागतमा ढलसँगै कालोपत्रे सडक निर्माण हुने भएको छ । सडक निर्माणको लागि १३ नं. वडाले ३० लाख रुपैयाँ बजेट उपलब्ध गराएको स्वस्तिका मार्ग ढल तथा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष हरि कार्कीले बताए ।

उनका अनुसार आगामी बैशाखसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सडकको लम्बाई ६ सय फिट र चौडाई २० फिटको निर्माण हुने छ । सडकको निर्माण ठेक्केदारमार्फत नभै उपभोक्ता आफैले गर्ने कार्कीको भनाई छ । ‘सडकको पिच, ढल निर्माण हामी ठेक्केदारमार्फत नगरी उपभोक्ता आफैले गछौं,’उनले भने ‘सडकको निर्माण सम्पन्न चाडै गर्ने र गुणस्तरीयतामा कुनै कमी हुदैन ।’

sadak 1

सुर्यमार्ग (प्याकेज ख) संग जोडिएको यो सडक दर्शन मार्गसँग जोडिन्छ । सडकको दाँया र बाँया करिब ५० जना उपभोक्ताहरुले सडक निर्माणमा ४० प्रतिशत व्यहोर्ने छन् । सडक शिलान्यास गर्ने क्रममा बोल्दै सभामुख भण्डारीले सडक गुणस्तरीय बनाउन समितिलाई सुझाब दिए । उनले वडामा सडक पूर्वाधारको विकास धेरै भएको बताउदै बाँकी रहेको अन्य योजनाको लागि समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यस्तै, वडाध्यक्ष नेत्र प्रसाद काफ्लेले वडाले प्राप्त गरेको १ करोड २९ लाख बजेटमध्ये ३० लाख स्वस्तिका मार्गको सडक निर्माणको लागि विनियोजना गरिएको बताए । उनले उदयमार्गको सडक निर्माणसंगै खहरे तड्बन्धलाई समेत थप मजबुद बनाउन बाँकी दुई वटा बजेटले सम्बोधन गर्ने योजना रहेको बताए । कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ढुण्रिाज न्यौपाने, समितिका पदाधिकारी, स्थानीयबासीको उपस्थिती रहेको थियो ।