इटहरी: विभिन्न कारणले सडकमा भौतारिदै जीवन गुजारा रहेकाहरुलाई पारिवारीक वातारणमा संक्षरण गर्दै आएको सुनसरीको इटहरीस्थित मायाघर नेपालमा लायन्स क्लव अफ इटहरी मनकामनाले तीन कोठे भवन बनाइदिने भएको छ ।

आश्रयविहीनहरुलाई संरक्षण दिदै आएको मायाघरमा आश्रितहरुका लागि ठाउँ अभाव भएकोले लायन्स क्लव अफ इटहरी मनकामनाले तीन वटा कोठा बनाइदिने भएको हो । निर्माण गरिन लागेको तीन कोठे भवनको १ नम्बर प्रदेशकी उपसभामुख सरस्वती पोखरेल र लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानका गर्भनर राजन खत्रीले एक कार्यक्रम बीच संयुक्तरुपमा शिलान्यास गरेका छन् ।

माया घरमा हाल ४७ जना आश्रित छन् । कोठा अभावका कारण तीनवटा कोठामा खचाखच राख्नु परिरहेको माया घर नेपालकी अध्यक्ष राधिका दासीले बताइन् । दाताहरुको सहयोगले सञ्चालन हुदै आएको माया घरमा सडक क्षेत्रबाट उद्दार गरेर मानसिक रोगीहरु समेतलाई संरक्षण दिदै आएको छ । आश्रयविहिन अवस्थामा रहेकाहरुलाई संरक्षण दिदै आएको माया घरमा ठाउँ अभाव रहेको थाह पाएकोले कोठा बनाइ दिन लागेको लायन्स क्लव अफ मनकामनाकी अध्यक्ष सुमी थापाले बताइन् । कुल १० लाख रुपैयाको लागतमा भुई ढलान र माथी ट्रष्ट लगाएर निर्माण गरिने बताइएको छ ।