इटहरी: सुनसरीको इटहरीमा रहेको एसओएस हर्मन माइनर माध्यमिक विद्यालयका विद्यार्थीहरुले घरायसी, व्यवसायिक तथा विज्ञान प्रर्दशनी गरेका छन् ।

विद्याथीहरुले पाठ्यक्रममा समावेश भएका विषयवस्तुदेखि लिएर अन्य ठाउँमा देखेर तथा सिकेका कुराहरुलाई समेटेर तयार पारेका सामाग्रीहरुको प्रर्दशनी गरेका छन् । विषयगत शिक्षण सिकाइ अन्र्तगत विज्ञान, सामाजिक र व्यवसायिक विषयवस्तुहरु समेटेर तयार पारेका सामाग्रीहरु प्रर्दशनीमा राखिएको विद्यालयका प्रिन्सिपल शान्तिराम तिम्सिनाले वताए ।

IMG_2466

विद्यार्थीहरुले बनाएका तथा संकलन गरिएका घरायसी सामाग्री डोको, चुलेसीदेखि लिएर विज्ञान प्रविधिसंग जोडिने रोवटसम्म प्रर्दशनीमा राखेका थिए । त्यसैगरी, नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी प्रदेश नम्बर १ मा रहेका पर्यटकीय क्षेत्रहरुको परिचय सहितको व्यानर समेत प्रर्दशनीमा राखेका थिए ।

विद्यार्थीहरुले सिकेका विज्ञान, सामाजिक, आविष्कार लगायतका विषय समेटेर हरेक वर्ष झै यस वर्ष पनि विद्यार्थीहरुको ज्ञान सिप र क्षमता अभिवृद्धिका लागि प्रर्दशनी आयोजना गरिएको विद्यालयका अध्यक्ष डिसी चौधरीले बताए । विद्यार्थीहरुले समेत आफुहरुले सिकेका कुराहरु व्यवहारिक रुपमा प्रयोगमा ल्याउन विद्यालयले सहयोग पुर्यादा आफुहरुलाई सहज भएको वताएका छन । विद्यालयमा ५ सय ५० जना विद्यार्थीहरु अध्ययनरत छन् ।