धरान : २० औं गोधुली फुटबल रनिङ कपमा वडा नं. १५ र १७ विजयी भएको छ । आज बुधबार भएको पहिलो खेलमा वडा नं. १५ ले वडा नं. ४ लाई ४ ० को गोल अन्तरले पराजित गरको हो । वडा नं. १५ का मदन लाबुङ खेलको म्यान अफ दी म्याच घोषित भए ।

त्यस्तै बुधबार नै भएको दोश्रो खेलमा धरान १७ ले वडा नं. २० लाई ३ १ गोलको अन्तरले पराजित गरे । खेलको म्यान अफ दी म्याच धरान १७ का मिलन राई घोषित भए । धरान १७ गत दुई सिजनको साबिक विजेता समुह हो ।

दुबै टिमका म्यान अफ दि म्याच खेलाडीहरुले जनही नगद १५ सय रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे । फाईनल खेल आउदो माघ ४ गते हुनेछ । विजेता समुहले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता समूहले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

आजको मध्यान्तरमा धरान १७ का समाजसेवी कर्ण कुमार राईले आयोजक समुह गोधुलि क्लवलाई नगद १५ हजार रुपैयाँ सहयोग गरेको छ । भोलि विहीबारको पहिलो खेल वडा नं. १३ र १६ बिच हुनेछ भने दोश्रो खेल वडा नं. ८ र १४ बिच हुने आयोजकले जनाएको छ । (फोटो हराइजन क्लबाट)