इटहरी : इटहरीको धरान लाईनमा अवस्थित कोशी अञ्चल यातायात कार्यालय सधै अस्तव्यस्त देखीन्छ । राजमार्गकै छेउमा सागुरो भवनबाट कार्यलय संचालन हुने गरेको यातायातको अब आफ्नै भवन बन्ने भएको छ ।

कार्यालयको आफ्नै जग्गा रेहेको इटहरी १० मा भवन निमार्णको लागी टेन्डर आह्वान भइसकेकोछ । २० करोडको लागतमा निर्माण हुन लागेको भवन अत्याधुनिक सुबिधा सम्पन्न हुनेछ । भाडाको घरमा लामो समय लाईन बस्नुपर्ने र बिभिन्न असुविधा भोग्नुपर्ने सेवाग्राहीले अब त्यो झन्झटबाट मुक्ति पाउने छन् ।

यातायातको १० बर्ष अगाडी खरीद भएको जग्गामा लामो समयको प्रयास पछि भवन बन्न लागेको हो । धेरै यातायात मन्त्रीहरुले भवन बनाउने बचन दिएपनि त्यसले पुर्णता नपाईरहेको अवस्थामा प्रदेश १ सरकारले भवन निमार्ण सुरु गर्न लागेकोहो । प्रदेश सरकार मातहतको यातायात व्यवस्था बिभाग अन्तरगतको कोशी अञ्चल यातायात कार्यलयको भवन दुई बर्ष भित्रमा निमार्ण हुने बताईएकोछ ।

घर धनी र बिचौलीयाको जालोमा फसेको भवन निमार्ण प्रकृयाले नयाँ मोड लिएको हो । जसको महत्वपुर्ण श्रेय इटहरी नेकपाका नेता मदन चुडाललाई जान्छ । लामो समयको अध्ययन पछी उनीसहित युवाहरुको बिषेश अनुरोधमा प्रदेश १ सरकारले भवन निमार्णको लागी बटेज बिनीयोजन गरेको थियो । प्रदेश सरकारको पहिलो बजेटमै भवन निमार्णको लागी वितृत योजना प्रतिवेदन तयार पार्न ३० लाख रुपैया बजेट छुट्टीएको थियो । त्यसपछी उनै चुडाल नेतृत्वको टोलीले प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बोलाई भेटेर भवन निमार्णमा बजेट छुट्याउन पहल गरेका थिए ।

चुडालका अनुसार अर्थमन्त्री आफैपनि यातायात कार्यलयको नाममा हुने बेथिति हटाउनुपर्ने पक्षमा भएकोले काम सहज भएको हो । यसले गर्दा घर भाडा लगाउनको लागी हुने गरेको गलत अभ्यासको अन्त्य हुने उनी बताउँछन् । प्रदेश १ सरकारले जनताले अनुभुती हुने गरी गर्ने पहिलो काम हुने भएकोले प्रदेश सरकारप्रतिको जनताको बिश्वास बढ्न सक्ने उनको बुझाईछ । लामो समय प्रयास गर्दापनि बिचौलीयाको कारण निर्माण हुन नसकेको यातायात कार्यलयको भवन अब निमार्ण हुनेमा उनी ढुक्क छन् ।