धरान : धरानमा जारी २० औं गोधुली फुटबल रनिङ कपमा वडा नं. ८ र १६ विजयी भएको छ । आज विहीबार भएको पहिलो खेलमा वडा नं. १६ ले वडा नं. १३ लाई २-० को गोल अन्तरले पराजित गरेको हो । वडा नं. १६ का मन्दिप बस्नेत खेलको म्यान अफ दी म्याच घोषित भए भने उनले १५ सय रुपैयाँ प्राप्त गरे ।

यसैगरी आज नै भएको दोश्रो खेलमा धरान ८ ले वडा नं.१४ लाई १-० गोल अन्तरले पराजित गरे । खेलको म्यान अफ दी म्याच धरान ८ का आमोद माझि घोषित भए भने उनले पनि १५ सय रुपैयाँ प्राप्त गरे ।

भोली शुक्रबार वडा नं. ७ र ६ बिच पहिलो खेल हुनेछ भने वडा नं. १८ ले वडा नं. १ सँग खेल्नेछ । विजेता समुहले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता समूहले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । फाईनल खेल आउदो माघ ४ गते हुनेछ । (फोटो स्रोत हराइजन क्लबबाट)