काठमाडौं : आज चन्द्रग्रहण लाग्ने भएको छ । आज रातको १० बजेर २२ मिनेटको समयमा चन्द्रग्रहण लाग्ने र २ बजेर २७ मिनेटमा समाप्त हुने छ ।

यो चन्द्रग्रहण एशियाली मुलुक लगाएत युरोप, अफ्रिका र अष्ट्रेलियाबाट पनि हेर्न सकिने छ भने यसको मुख्य आकर्षण रातको १२ बजेर ३० मिनेट जाँदा देख्न सकिने खगोलविदहरुले जनाएका छन् ।

यो चन्द्रग्रहणका कारण पृथ्वीको मुख्य छाँयाको बाहिरी भाग चन्द्रमामा पर्ने छ जसका कारण यसको चमकतामा केही फिकापन हुने बताईएको छ । यो चन्द्रग्रहण बाहेक सन् २०२० मा मात्रै ६ वटा ग्रहण हुने छ जसमा दुइवटा सूर्यग्रहण, र चारवटा चन्द्रग्रहणहरु हुनेछन् । आजको चन्द्रग्रहण पछी आगामी जुन ५ मा, ५ जुलाई र ३० नोभेम्बरमा सुर्यग्रहण लाग्ने खगोलविदहरुको भनाई छ ।

त्यसैगरी आगामी २१ जुनमा र १४ डिसेम्बरमा सूर्यग्रहण लाग्ने छ । जसमा २६ जुनमा बिश्वभरबाट देखिने सुर्यग्रहण लाग्नेछ ।