धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको नयाँ उपकुलपति(भिसि) नियुक्ती गर्न एक सिफारिश समिति गठन भएको छ ।

कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्री संयोजक रहने गरी ३ सदस्यीय सिफारिश समिति गठन गरेका हुन् । यो समिति गठन भएको बारेमा आज राजधानीमा सम्पन्न प्रतिष्ठानको ४३ औं सिनेट बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिएका हुन् । मन्त्री ढकालका अनुसार समितिको सदस्यमा योजना आयोगका सदस्य उष झा र अर्थ मन्त्रालयका सचिव राजन खनाल पनि सदस्य छन् ।

सिनेट बैठकले प्रतिष्ठानको आर्थिक बर्ष २०७६/०७७ को बजेट २ अर्ब ७७ करोड रुपैया पारित गरेको छ भने विगत ४ बर्षदेखि रोकिएको दिक्षान्त आगामी फागुन २४ गते गर्ने निर्णय भएको कायममुकायम उपकुलपति डा.गुरु खनालले जानकारी दिए । यस्तै, यस्तै, प्रतिष्ठानका शिक्षक तथा कर्मचारीहरुको तलब वृद्धिबारे पनि सरकारले वृद्धि गरेअनुसार १८ देखि २० प्रतिशतसम्म आन्तरिक स्रोतबाट उपलब्ध गराउन आवश्यक गृहकार्य गर्ने निर्णय पनि भएको छ ।

प्रतिष्ठानको कर्मचारी, शिक्षक नियुक्ती, बढुवाको लागि लोकसेवा आयोगबाट सदस्यसहित ७ सदस्यीय समिति गठन गर्नेलगायत निर्णय पारित भएको छ । ‘जति एजेण्डा थियो, सबै सकरात्मकरुपमा पारित भयो । मन्त्री ज्युले राम्रो सम्बोधन गर्नुभयो, सिनेटरहरुले पनि प्रतिष्ठानको हितमा नै कुरा राख्नुभयो,’डा.खनालले भने,‘बैठक ऐतिहासिकरुपमा नै सम्पन्न भयो ।’प्रतिष्ठानको कर्मचारी, शिक्षक नियुक्ती, बढुवाको लागि लोकसेवा आयोगबाट सदस्यसहित ७ सदस्यीय समिति गठन गर्नेलगायत निर्णय पारित भएको छ । ‘जति एजेण्डा थियो, सबै सकरात्मकरुपमा पारित भयो । मन्त्री ज्युले राम्रो सम्बोधन गर्नुभयो, सिनेटरहरुले पनि प्रतिष्ठानको हितमा नै कुरा राख्नुभयो,’डा.खनालले भने,‘बैठक ऐतिहासिकरुपमा नै सम्पन्न भयो ।’ उपकुलपति डा.राजकुमार रौनियार घुस लिएको आरोपमा अख्तियारद्धारा पक्राउ परेर निलम्बनमा परेपछि प्रतिष्ठान नेतृत्वविहिन अवस्थामा छ ।