झापा : झापाको दमकमा आज बिहान भएको सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।

दमक नगरपालिका ४ स्थित कृष्णमन्दिर चोकमा आज बिहान करिब ६ बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको मे १ क ६४९ नम्बरको ट्रिपरले सडक पार गर्दै गरेकी सोही स्थान बस्ने ६९ बर्षीया तुलसा गौतमलाई ठक्कर दिदा गौतमको घटनास्थलमै मृत्यु भएको दमक ट्राफिक प्रमुख यज्ञराज अधिकारीले जानकारी दिए । ठक्कर दिने ट्रिपर र ट्रिपर चालक मिक्लाजुङ ९ का कृष्ण श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।