के हो एपेन्डिसल दाहिने कोखाभन्दा अलिकति तल रहने एपेन्डिक्स नामक आन्द्रा, कुनै पनि कारणले सुन्निन गएमा एपेन्डिसाइटिस भएको भनिन्छ । एपेन्डिक्स मलद्वारसँग जोडिएको हुन्छ ।

१, एपेन्डिसाइटिस पेटको सामान्य दुखाइबाट सुरु हुने गर्छ । पेटको तल्लो दाहिने भागबाट सर्दै गएर एपेन्डिक्समा पुगेपछि यसले बिस्तारै गम्भीर रूप लिन थाल्छ । एपेन्डिसाइटिस एक्युट र क्रोनिक गरी दुई किसिमका हुन्छन् । एपेन्डिक्समा तीव्र गतिमा ब्याक्टेरिया उत्पन्न हुने भएकाले यो निकै जोखिमपूर्ण मानिन्छ ।
२, एपेन्डिसाइटिस केही घन्टा वा दिनमै तीव्र गतिमा विकास हुने गर्छ । सुरुवाती समयमा खान मन नलाग्ने वा बान्ता हुनेजस्ता लक्षण देखिन्छन् ।
३, एपेन्डिसाइटिस बढ्दै जाँदा अत्यधिक दुखाइ हुने गर्छ । दुखाइ प्रभावित ठाउँमा मात्र सीमित नभई बिस्तारै सम्पूर्ण शरीरमा फैलिन्छ । बिरामीले दुखाइको निश्चित ठाउँ पहिचान गर्न निकै गाह्रो हुन्छ । त्यस्तै, अत्यधिक ज्वरो आउने, पिसाब गर्दा समस्या देखिने, ग्यास्ट्रिक तथा कब्जियतको समस्या हुनेजस्ता अन्य समस्या देखिन्छन् । एपेन्डिसाइटिसको स्पस्ट निदान गर्न गाह्रो हुने हुँदा यसको सम्भावना देखिनेबित्तिकै चिकित्सकले शल्यक्रिया गर्ने सल्लाह दिने गर्छन् । कतिपय अवस्थामा एपेन्डिक्स फुट्न सक्ने सम्भावना हुन्छ, जुन प्राणघातकसमेत हुन्छ ।