झापा: १ नम्बर प्रदेश अन्तर्गतका दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

हिजो राती पौने १० बजे झापाको मेचीनगर नगरपालिका ७ ईटाभट्टा चोक छेउमा पश्चिमबाट पुर्बतर्फ आउँदै गरेको मे ४ प ९३१३ नंबरको मोटरसाईकललाई ग्एद्दछम्ज्ञटढघ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकल चालक बारा काँकडी ७ का ४० बर्षीय रामप्रसाद यादबको घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिने ट्रक र ट्रक चालक देश भारत जिल्ला मधुबनीका ४८ बर्षीय नरेश कुमार यादब ईलाका प्रहरी कार्यालय काँकडभिट्टाको नियन्त्रणमा रहेका छन् ।

त्यस्तै धनकुटाको चौबिसे गाउँपालिक ८ एसपीमोर्ड स्थित भेडेटारस्थित बुधबारे सडक खण्डमा टेलर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । आज बिहान साढे १० बजेको समयमा ना ७ ख ७९१७ नम्बरको टेलरमा स्काईभेटर लोड गरी राजारानी धनकुटाबाट छ नम्बर बुधबारे जादै गर्दा मोडमा टेलर अनियन्त्रित भई सडकको छेऊमा पल्टिएको थियो।

टेलर पल्टिदा ३५ बर्षका सहचालक राजकुमार राईलाई सोही टेलरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । टेलर चालक संखुवासभाको धर्मदेवी नगरपालिका ९ आँखिभुईका ३१ बर्षीय बिन्दुराज महत ईलाका प्रहरी कार्यालय राजारानीको नियन्त्रणमा रहेका छन् ।