धरान: भिजन फिटनेसको अयोजनामा संपन्न तेस्रो मिस्टर भिजन शारीरिक सुगठन प्रतियोगिताको उपाधि विनोद नेपालीले जितेका छन् ।

शनिबार सुनसरी उद्योग वाणिज्य संघमा आयोजित प्रतियोगितामा च्याम्पियन हुदै विनोदले उपाधिसहित नगद १५ हजार, मेडल र प्रमाणपत्र पनि हात पारेका छन् । उनले अन्य सहभागी ८ जनालाई पछि पार्दै उपाधि जितेका हुन् । भिजन फिटनसका सदस्यहरुलाई शारीरिक सुगठन खेलप्रति प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा दोस्रो धनवहादुर श्रेष्ठ र तेस्रो सुरेन्द्र राईले जिते । दोस्रोले नगद १० हजार र तेस्रोले नगद ५ हजार रुपैया, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

यसैगरी, चौथो मञ्जिल श्रेष्ठ, पाँचौ रविन शाही र छैटौ सुरेस लिम्वु घोषित भए । उनीहरुले पनि क्रमशः नगद ४ हजार, ३ हजार र २ हजार रुपैया, प्रमाण पत्र पाए । प्रतियोगितामा ५५ केजी, ६० केजी र ६५ केजी तौल समुहका ९ जना प्रतिस्पर्धी थिए । उनीहरुबाट दोस्रो चरणमा ७ जना हुदै फाइनल चरणका लागि ६ जना छनौट गरिएको थियो । प्रतियोगिताको मुख्य निर्णायक एशियन जज शिवु मुखिया थिए । प्रतियोगिता तेस्रो मिस्टर भिजन भए पनि आयोजक भिजन फिटनेसनको भने यो चौथो प्रस्तुति अर्थात कार्यक्रम रहेको भिजन फिटनेसका प्रोपराइटर केशव श्रेष्ठले जानकारी दिए ।

IMG_5114

भिजनले पहिलो कार्यक्रम मिस्टर धरान आयोजना गरेको थियो । यस खेलप्रति युवाहरुलाई आकर्षण गर्न र व्यवसायिक वनाउने उद्देश्यले हरेक बर्ष मिस्टर भिजन आयोजना गरिरहेको उनको भनाई छ । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं धरान हङकङ मञ्चका पुर्व सचिव समाजसेवी चन्द्र सिंघक, विशेष अतिथि एवं याक्थुम सिंघक फाउण्डेसन तेह्रथुमकी अध्यक्ष मिना सिंघक, नायिका रेखा फागो लगायतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा क्यान्सर रोगले पिडित तेह्रथुम निवासि ११ वर्षिय जुमा मोसोहाङ लिम्वुको उपचार्थ सहयोग संकलन समेत गरिएको थियो । मिना सिंघकको संयोजनमा भइरहेको आर्थिक संकलनका लागि नायिका रेखा फागो आफै दर्शक दिर्घामा गएर सहयोग संकलन गरेकी थिइन् । कार्यक्रममा १७ हजार ४ सय ४५ रुपैया संकलन भएको थियो । तस्विरहरुः विकास चाम्लिङ राई

IMG_5128