धरान: सम्यक शिक्षा समूह धरान १२ को २७ औ वार्षिक उत्सव कार्यक्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ हाडजोर्नी बिशेषत एवं पुर्वरेक्टर प्रा. डा. विक्रम प्रसाद श्रेष्ठ सम्मानित भएका छन् ।

पुष २५ र २६ गते स्वयम्भु चैत्य महाविहार धरान १२ र त्रिरत्न विहार धरान ३ मा आयोजित कार्यक्रममा डा.श्रेष्ठसँगै पञ्चु शाक्य पनि सम्मानित भएकी छिन् । संस्थामा अक्षयकोष स्थापना गरी दिगो विकासको लागि योगदान पुर्याएको कदर स्वरुप डा. श्रेष्ठ र शाक्यलार्ई सम्मान गरिएको हो । कार्यक्रममा दिवंगत हुनु भएका संस्थापक अध्यक्ष देवीमाया शाक्य लगायत सदस्यहरुको नाममा दिप प्रज्वलन, मौन धारण गर्दै संस्थाको प्रगति र भावी योजना बारे पनि छलफल भएको थियो । कार्यक्रममा भिक्षु आनन्द, गुरुमाहरु आभासवती, याणवती र श्रीलंकाबाट आएका भिक्षु समेतले प्रवचन र प्रतियोगितात्मक खेलहरुको पनि आयोजना गरिएको थियो ।

सुतिता शाक्य श्रेष्ठको संयोजकत्वमा सम्पन्न कार्यक्रममा संस्थाका सदस्यहरुबाट अक्षयकोषका लागि रकम २० हजार रकम संकलन भएको थियो । कार्यक्रममा समाजसेवी सरला कायस्थ, स्वयम्भू चैत्य महाविहारका अध्यक्ष कुलबहादुर शाक्य, शाक्य मयजु पुचःका अध्यक्ष जानकी वज्रचार्य, संस्थाका पूर्व अध्यक्षहरु, पदाधिकारी र सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । संस्थाको विकासका लागि संस्थापक अध्यक्ष स्व. देवीमाया शाक्य, पूर्व अध्यक्षहरु सुश्री विद्या शाक्य, मोहन श्रेष्ठ, सुरज श्रेष्ठ, देवन्द्र शाक्य, अमृतमान् शाक्य र हरिकृष्ण श्रेष्ठको कार्यको उच्च मुल्यांकन गर्दै आगामी दिनहरुमा सदस्य परिवार र समुदायको विकासका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने संस्थाकी अध्यक्ष चन्द्रमाया शाक्यले प्रतिवद्धता गरे ।

Untitled-1

२०५० सालमा स्थापना भएर निरन्तर शिक्षा, स्वास्थ्य, बालबालिकाको क्षेत्रमा काम गर्दै धरानमा बेग्लै पहिचान बनाउन सफल भएको संस्था हो । यस संस्थाले धरान १७ मा सम्यक शिक्षा आधारभुत विद्यालयको स्थापना र संचालन गरेको छ । त्यस्तै धरान १५ मा जनता आधारभुत विद्यालयको भवन निर्माण गरेको थियो । धरान उपमहानगरपालिकाको सहकार्यमा प्रारभ्भिक बाल विकास केन्द्र, बाल कक्षा, अभिभावक शिक्षा तथा बाल अधिकार सम्बन्धी विभिन्न कार्यक्रम संचालन गरेको थियो । धरान उपमहानगरपालिका र विभिन्न संघ संस्था संग सहकार्य गरेर धरानको विकासका लागि धेरै काम गरेको कुरा संस्थाकी पूर्व अध्यक्ष विद्या शाक्यले वताए ।

महामनाव बुद्धको नैतिक एवं शान्तीको शिक्षालाई व्यवहारमा उतार्दै जनमानसमा पुयाउने लक्ष्य लिएर भिक्षु विशुद्धानन्दको प्रेरणाबाट धरान १२ को स्वयम्भू चैत्य महाविहारमा स्थापना भएको थियो । संस्थाले उपासिकाहरु र सदस्यहरुलाई समेटेर ध्यान, भजन र समाजिक कार्यहरु गर्दै आएको छ । बाल अधिकारका लागि हाम्रो साथी नामक बाल पत्रिका प्रकाशन गरेको र दाताहरुको सहयोगमा सम्यक छात्रवृत्ति कार्यक्रम संचालन गर्दै आएको पूर्व अध्यक्ष सन्दिप शाक्यले जानकारी गराए ।

bihar

यस सस्थाले तत्कालिन समयमा देखापरेका समस्या न्यूनिकरण गर्न र विकास निर्माणका आफुहरुले सक्ने सवैजसो काममा सहयोग गरेको थियो । सिम नेपालको सहकार्यमा सुनसरी तथा मोरंगका ४८ वटा विद्यालयमा दिगो विद्यालय बातावरण, ठोस फोहर मैला व्यवस्थापन सम्बन्धी कार्यक्रमहरु सम्पन्न गरेको थियो । काम गर्दा आफुहरुले पाएको हौसला र प्रेरणालाई सम्झदै बालबालिकाको विद्यालयको पठनपाठनलाई सहयोग पुयाउन विगतमा गरेको कार्यक्रमलाई पुन संचालन गर्नुपर्ने धारणा संस्थाका पुर्व अध्यक्ष मोहन श्रेष्ठले व्यक्त गरे ।

नैतिक शिक्षा लाई जेष्ठ नागरिकहरुको अनुभव, युवाहरुको जोस जागर मिसाएर भावी पिढीको रुपमा रहेको बालबालिकामालाई असल नागरिक बनाउन संस्थाले सक्रियताका साथ विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको थियो । विगतमा नगरका विभिन्न वडा कार्यालयसंग सहकार्य गरेर बालबालिका, महिला र अन्य लक्षित कार्यक्रम अन्तरगतका कार्यक्रमहरु संचालन गरेको थियो । आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने पूर्व अध्यक्ष हरिकृष्ण श्रेष्ठ र अमृत शाक्यले बोलेका थिए ।