धरान : धरानको वडा नं. १४ को सहयोग तथा केन्दिय प्रविधि क्यापस हात्तिसारले दन्तकाली पञ्चायत मा.वि.मा वडाबासीलाई सन्तुलित खाना सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

‘स्वाथ्य जीवन, सुखि जीवन’ भन्ने नारालाई आत्मासाथ गर्दै वडा नं. १४ को सहकार्यमा केन्दिय प्रविधि क्यापस हात्तिसारमा अध्ययनरत नेपाल पोषण तथा आहार तथा विज्ञान विद्यार्थी समाजले वडा बासीलाई कुन खाना कसरी पकाउने ? भनेर सर्वे समेत गराएका थिए । जसमा ३० प्रतिशत खानाको सन्तुलित मिलेको ७० प्रतिशत खानाकै कारण रोग लागेको न्युटेशनका विधार्थी सागर खतिवडाले जानकारी दिए ।

उक्त सचेतना कार्यक्रममा वडाबासीहरुको तौल, उचाई, रक्तचाप समेत चेकजाँच समेत गरिएको थियो । खतिवडाले भने, ‘रोगले सानो ठुलो भन्दैन, खानेकुरामा ‘क’ र ‘ज’ जान्नुपर्छ ।’ क भनेको कहिले, कसरी, के, किन ? कोसँग खाने र ज भनेको जहिले, जतिखेर, जहाँ पनि खान नहुने खानेकुराहरु नेपालीले खाने गरेको उनले बताए । खानेकुरामा सन्तुलित मिलाएर खानुपर्नेमा उनले सुझाव दिए ।

यस्तो खालको सचेतना मुलक कार्यक्रम वर्ष दिनमा हैन तीन तीन महिनामा आयोजना गर्न जरुरी रहेको सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

14