धनकुटा : धनकुटाको धनकुटा नगरपालिका-९ मुलघाटस्थित तमोर नदिमा हाम फाल्दा १ जनाको मृत्यु भएको छ ।

शनिबार राती ११ बजेको समयमा ईटहरी उपमाहानगरपालिका–१ आपगाछी बस्ने ३३ वर्षीय राजन चौधरी र २९ वर्षीय अञ्जिल मगर तेह्रथुम जिल्लाको तिनजुरे भन्ने स्थानमा हिउखेलेर फर्कने क्रममा उक्त पुलमा आएपछी को ३५ प ४१०१ नम्बरको मोटरसाईकल रोकेपछी राजन चौधरी तमोर नदीमा हाम फालेका थिए । घटनाबारेमा प्रहरी चौकी मुलघाटमा जानकारी गराउना साथ घटनास्थलमा खटिएको प्रहरी टोलीले पानीमा रहेको राजनको शवलाई निकालेको थियो भने कानुनी प्रकृया तथा अन्य अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरीको टोली खटिएको थियो । साथै मोटरसाईकल चालक अञ्जिल मगरलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान कार्य गरीरहेको उक्त कार्यालयले जनाएको छ ।