धरान: पाँचौं मिनी म्याराथुन दौड प्रतियोगिताको खुल्लातर्फ मोहन राई र छेन्बी राई च्याम्पियन बनेका छन् ।

शनिबार धरान-१५ स्थित श्याम चौक सेवा समाज १० औं स्थापना दिवशको अवसरमा आयोजित मिनी म्याराथुनमा प्रतियोगितामा खुल्लातर्फ मोहन र खेन्बी च्याम्पियन बनेका हुन् । यस्तै, खुल्लातर्फ उमेश कन्दङवा र इन्द्रकला नेम्बाङ दोस्रो बन्दा किरण लिम्बु र कमला राई तेस्रो बने । प्रथम, दोस्रो र तेस्रो बनेका उनीहरुले क्रमसः नगद ८ हजार, ५ हजार र ३ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

marathun1

यस्तै, १४ वर्षदेखी मुनीका उमेर समुहतर्फ राधन राई र पेमा तामाङ प्रथम बने । रोशन लिम्बु र अनिसा लिम्बु दोस्रो स्थान हाशिल गर्दा तेस्रो अनिश लिम्बु र लक्ष्मी श्रेष्ठ बने । उनहरुले नगद ३ हजार, २ हजार र १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै, प्रतियोगिताको भेट्रानतर्फ रीता राई प्रथम बनीन् । यस्तै, दोस्रो र तेस्रो क्रमसः शिभाहिरा राई र दुर्गा थापा बने । उनीहरुले नगद २ हजार, १ हजार ५ सय र ५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

विजेता बनेकाहरुलाई प्रदेश सांसद चन्द्र प्रसाद श्रेष्ठ, समाजका अध्यक्ष टेकबहादुर राई, समाजकी अध्यक्ष विष्णुमाया राईलगायतले पुरस्कार प्रदान गरेका थिए । श्यामचोकबाट शुरु भएको दौड, धरान ६ पानवारी, लिम्बु चोक खैरेनी हुदै पुनः श्यामचोकमा आएर टुङगीएको समाजका संस्थापक अध्यक्ष प्रकाश गिरीले जानकारी दिए ।