धरान: माघे संक्रान्तिको अवसर पारेर सुनसरी टेक्निकल कलेज धरानको बि.एच.एम. विभागले फुड फेस्टिवल आयोजना गरेको छ ।

विभागले मंगलबार कलेज परिसरमा फुड फेस्टिवल आयोजना गरेको हो । विद्यार्थीहरुमा नेपाली मौलिक चाड, सँस्कृति एवं सँस्कारको संरक्षणमा प्रोत्साहित गर्न तथा उनीहरुको सीपलाई उजागर गर्न फेस्टिवल आयोजना गरिएको विभागले जनाएको छ । कार्यक्रममा माघे संक्रान्ति पर्वमा तयार गरिने तिलको लड्डु, भुजाको लड्डु, यःमारी, आलुदम, फुलौरा, सेलरोटी जस्ता विभिन्न परिकारहरु विद्यार्थीहरूले नै तयार गरेर प्रर्दशनी तथा बिक्री गरेका थिए ।

sunsari1

यसैगरि, विद्यार्थीहरुले चङ्गा बनाएर पनि उडाएका थिए । साथै, विद्यार्थीहरुले फोटो बुथ पनि बनाएका थिए। यो फेस्टिवलबाट संकलन गरिएको रकम कुनै संस्थालाई आर्थिक सहयोगको लागि जम्मा गरिएको विभागीय प्रमुख स्तुती श्रेष्ठले जानकारी दिइन् । साथै, उनले विद्यार्थीहरुको हौसला बढाउन समय समयमा विभागले यस्तो सृर्जनात्मक कार्यक्रमहरु आयोजना गरिरहने पनि बताइन् । 'यो कार्यक्रमले विद्यार्थीहरुलाई नेपाली सँस्कार, सँस्कृतिप्रति मोह पनि जगाउछ, र उनीहरुको सीप,कलाको उजागर गर्ने अवसर पनि हुन्छ, त्यसैले बेला बेला कार्यक्रम गरिरहन्छौं,'प्रमुख श्रेष्ठले भनिन् ।

sunsari2 sunsari6 sunsari7