धरान: प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले नेपालका विभिन्न जातजातिका मौलिक मुल्य मान्यता, सँस्कृति र परम्परा राष्ट्रको सम्पदा र पहिचान भएको बताएका छन् ।

किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीले यलम्बर सम्बत् ५०८० को अवसरमा मंगलबार साँझ धरानको भानुचोकमा आयोजना गरेको यलम्बर साँझलाई सम्बोधन गर्दै सभामुख भण्डारीले यस्तो बताएका हुन् । उनले साँस्कृतिक सम्पदाहरुले नेपालीहरुलाई सहअस्तित्व, सहसम्मानसहित एक ठाउँमा उभ्याउन र एकताको सुत्रमा बाँध्य सफल भएको पनि धारणा व्यक्त गरेका छन् ।

नेपालका विभिन्न जाजजातिहरुले आफ्नो मौलिक एवं विशिष्ट सँस्कृतिलाई जीवन्त बनाएको उल्लेख गर्दै भण्डारीले एक अर्काको सँस्कृति र परम्परालाई सम्मान गर्ने स्वभावले नै विश्वमा अनुपम सामाजिक सद्भावको उदाहरण प्रस्तुत गरेको बताए । ‘मलाई लाग्छ, कुनै पनि सँस्कृति निर्माण हुन लामो समय लाग्छ । सामाजिक वातावरण, व्यवस्थाहरु, दर्शन, लिपी, भाषा तथा कलाहरुको विकास हुदै आफ्नो विशिष्ट सँस्कृतिको निर्माण हुन्छ, पुस्तारन्तरणसँगै विकसित हुदै हाम्रो पहिचानकारुपमा स्थापित हुन्छ,’सभामुख भण्डारीले भने,‘यो नयाँ बर्षले बहुभाषिक, बहुसाँस्कृतिक नेपाली समाजमा एक अर्काको सँस्कृति परम्पराको सम्मान गर्दै राष्ट्रिय एकताको भावना अझ वलियो बनाउन तथा मुलुकलाई समृद्धि तथा विकासको लक्ष्यमा पुर्याउन सद्भाव र सहकार्यको भावना वृद्धि गर्न प्रेरणा प्राप्त होस् ।’

yale2

सभामुख भण्डारीले प्रदेश १ को नामकरण सन्दर्भमा पनि संक्षिप्त चर्चा गर्दै यायोक्खाले विगतमा किरात प्रदेश नामकरण गर्न माग गर्दै बुझाएको हस्ताक्षर र अन्र्तक्रियाबारे स्मरण गर्दै यायोक्खाको माग सान्दर्भिक र तार्किक भएको पनि धारणा व्यक्त गरे । तथापी, आफ्नो संवैधानिक सिमा रहेको भन्दै उनले यायोक्खाको मागप्रति सम्मान व्यक्त गर्दै सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । ‘यो हिउँदे अधिवेशनमा पनि प्रदेशको नामकरण प्रस्ताव आह्वान गर्नेछु, र संवैधानिक सिमाभित्र रहेर मैले तपाईहरुको मागबारे सहजीकरण गर्ने र यो तपाईहरुले शिरमा बाँधिदिनुभएको सेतो फेटामा दाग लाग्न नदिने प्रतिवद्धता व्यक्त गर्छु,’उनले भने,‘किरात जाति होइन, सभ्यता हो, भुगोल हो । यसमा म द्धिविधामा छैन ।’

yayokha5

कार्यक्रमलाई वरिष्ठ भाषाविद् एवं प्रा.डा.टंक न्यौपानेले पनि सम्बोधन गर्दै १ नं प्रदेशको नाम हरेक दृष्टिले किरात प्रदेश राख्न उपयुक्त भएको धारणा व्यक्त गरेका थिए । यायोक्खाका केन्द्रीय सचिव दोर्पध्वज राईले पहिचान विरोधी खोलानाला वा भुगोलमा आधारित नाम राखिए सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिए । किरात प्राज्ञ सभा सदस्य सालिक सतासकले यलम्बर सम्बतबारे धारणा व्यक्त गरेका थिए ।

सागमा पदक विजेता खेलाडीहरुलाई सम्मान

yayokha4

कार्यक्रममा १३ औं दक्षिण एसियाली खेलकुद(साग)मा नेपालको लागि पदक विजेता सुनसरी जिल्लाका विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गरिएको थियो । यायोक्खाका अध्यक्ष वलराम राई र प्रमुख अतिथि एवं सभामुख भण्डारीले पुरुष खेलाडीहरुलाई शिरमा फेटा बाँधेर र महिला खेलाडीहरुलाई खादा ओढाएर र सम्मान पत्रले सम्मान गरेका थिए ।

सम्मानित खेलाडीहरुमा निरज तामाङ, शुक्रबहादुर राई, आशा राई, सिना मादेन, स्वास्तिका तामाङ, निता गुरुङ, युनिषा राई, सुशिला राई, अप्सरा कार्की रहेका छन् भने प्रशिक्षकहरुमा किशोर सम्बाहाम्फे, विकास चाम्लिङ, विनोद शाक्य रहेका छन् । यस्तै, हालै एन्फाको प्रदेश नं १ समिति अध्यक्षमा चयन भएका किसोर राई र सचिव नविन राईलाई पनि सम्मान गरिएको थियो ।

IMG_20200114_17423yayokha39 yayokha8